Technology Khabar ६ आश्विन २०८२, सोमबार
काठमाडौं ।
नेपालमा डिजिटल वालेटमार्फत हुने भुक्तानी रकम चालु आर्थिक वर्षको पहिलो महिना उल्लेख्य रुपमा घटेको छ। यसअघिका महिना कारोबार रकम र सङ्ख्यामा मिश्रित प्रवृत्ति भए पनि असार मसान्तबाट साउन मसान्तसम्म आइपुग्दा कारोबार सङ्ख्या बढेको र रकममा उल्लेख्य गिरावट आएको पाइएको छ।
नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ साउनको मासिक भुक्तानी प्रणाली सूचकमा डिजिटल वालेट मार्फत हुने भुक्तानी कारोबार रकममा गिरावट तथा सङ्ख्यामा वृद्धि देखिएको हो।
चालु आर्थिक वर्षको अन्तिम महिना असारमा डिजिटल वालेट मार्फत ४८ अर्ब ४४ करोड १० लाख रुपैयाँ भुक्तानी भएको थियो। यो रकम अघिल्लो महिना जेठको तुलनामा ५५ अर्ब ५५ करोड रुपैयाँले बढेको हो।
असारबाट साउनमा जाँदा भने डिजिटल वालेट मार्फत २ अर्ब ९९ करोड २० लाख रुपैयाँले बढेर समग्र कारोबार रकम ४५ अर्ब ४४ करोड २० लाख पुगेको छ।
यसैगरी कारोबार सङ्ख्या पनि जेठबाट असारमा जाँदा २३ लाख ६७ हजार ७५७ बढेर ४ करोड १ लाख ९० हजार ६७८ पुगेको थियो। असारबाट साउन मसान्तसम्को एक महिनामा पनि ५ लाख २ हजार ४७५ घटेर समग्रमा ३ करोड ९६ लाख ८८ हजार २०३ मा झरेको छ।
प्रकाशित: ६ आश्विन २०८२, सोमबार