Technology Khabar ६ आश्विन २०८२, सोमबार
काठमाडौं ।
कोरियाको हुन्डाईको डिजाइन केन्द्रका प्रमुख साइमन लोस्बीले टचस्क्रिनको आवश्यकतामाथि प्रश्न उठाएका छन्। अटो एक्सप्रेससँगको हालैको अन्तर्वार्तामा लोस्बीले उपभोक्ताहरूले अझै पनि सवारी साधनका भल्युम घटबढ र सिट तताउने जस्ता धेरैजसो कामका लागि बटनहरू नै रुचाउने गरेका बताएका छन्।
“तपाईंले सोध्न सक्नुहुन्छ, हामीलाई स्क्रिन किन चाहिन्छ? वा अर्को तरिकाले भन्ने हो भने हामीलाई बटनहरू किन चाहिन्छ भनेर पनि सोध्न सकिन्छ। हामीसँग स्क्रिन किन छ र के हामी यो अर्को तरिकाले गर्न सक्दैनौं? लोस्बीले टचस्क्रिनको आवश्यकतामाथि केही प्रश्नहरू उठाएका छन्।
भविष्यको बारेमा सोच्ने हुन्डाई एक मात्र निर्माता भने होइन।
क्याडिल्याकको पछिल्लो अवधारणामा आधुनिक सवारी साधनहरूमा मुख्य रूपमा हुने गरेको सेन्ट्रल टचस्क्रिनको अभाव रहेको बताइएको छ।
टेलीग्राफका अनुसार यदि उपभोक्ताहरूले बटनहरू फिर्ता भएको हेर्न रुचाएको खण्डमा भने यसले अटोमेकरहरूलाई गाडीको भित्री भाग पुनः डिजाइन गर्ने स्वतन्त्रता प्रदान गर्नेछ।
प्रकाशित: ६ आश्विन २०८२, सोमबार