मेटाले ल्यायो ‘हाइपरस्केप’ नामक वास्तविक ठाउँलाई भीआर स्पेसमा बदल्ने नयाँ प्रविधि

Technology Khabar ३ आश्विन २०८२, शुक्रबार

मेटाले ल्यायो ‘हाइपरस्केप’ नामक वास्तविक ठाउँलाई भीआर स्पेसमा बदल्ने नयाँ प्रविधि

काठमाडौं ।

बुधबार भएको मेटा कनेक्ट डेभलपर सम्मेलन मुख्यतः नयाँ स्मार्ट चश्मामाथि केन्द्रित भए पनि कम्पनीले केही मेटाभर्स अपडेटसमेत सार्वजनिक गरेको छ।

तीमध्ये सबैभन्दा ठूलो अपडेटमध्ये एक हाइपरस्केप को सुरुआत हो जसलाई पहिलोपटक गत वर्ष प्रदर्शन गरिएको थियो। यसले डेभलपर र क्रिएटरहरूलाई भर्चुअल रियलिटीमा अझ वास्तविक जस्तो देखिने डिजिटल स्पेस बनाउन मद्दत गर्छ।

कम्पनीका अनुसार हाइपरस्केप क्याप्चर अब अर्ली एक्सेसमा रोलआउट हुँदैछ। यसले क्वेस्ट उपकरण प्रयोगकर्तालाई केही मिनेटमै कोठा स्क्यान गरेर त्यसलाई वास्तविक कोठाजस्तै देखिने डिजिटल संसारमा रूपान्तरण गर्न दिनेछ। तर मेटाले उल्लेख गरेअनुसार कोठा स्क्यान गर्न केही मिनेट लागे पनि त्यसलाई पूर्णरूपमा प्रस्तुत गर्न केही घण्टा लाग्नेछ।

टेकक्रञ्चका अनुसार हाल प्रयोगकर्ताले आफ्ना डिजिटल स्पेसमा अन्यलाई बोलाउन पाउने छैनन्। तर समयसँगै निजी लिङ्कमार्फत यो सुविधा उपलब्ध हुने मेटाले जनाएको छ। यो प्रविधि प्रयोग गरेर पहिले नै केही विशेष हाइपरस्केप संसारहरू तयार भएका छन्, जसमा गार्डन राम्सेको एल.ए. स्थित किचन, चान्स द र्यापरको हाउस अफ किक्स, लस भेगासस्थित यूएफसी एपेक्सको अक्टागन र ह्याप्पी केल्लीको क्रक्स जुत्ताले भरिएको कोठा समावेश छन् ।

गत वर्ष मेटाले गाउसियन स्प्लाटिङ, क्लाउड रेन्डरिङ र स्ट्रिमिङ प्रविधि प्रयोग गरेर क्वेस्ट ३ हेडसेटमा हाइपरस्केप कसरी देखिन्छ भन्ने प्रदर्शन गरेको थियो। अब यो सुविधा १८ वर्ष वा त्यसभन्दा माथिका प्रयोगकर्ताका लागि उपलब्ध हुनेछ, जससँग क्वेस्ट ३ वा क्वेस्ट ३एस छ।

रोलआउट अहिलेदेखि सुरु भए पनि सबै प्रयोगकर्ताले तुरुन्तै देख्न नपाउने सम्भावना छ। मेटाले सम्मेलनमा अन्य मेटाभर्स अपडेटसमेत ल्याएको छ, जसमा नयाँ भर्चुअल रियलिटी गेमहरूको श्रृंखला पनि छ। यीमध्ये मार्भलको डेडपूल भीआर, आईएलएमकोस्टार वार्स:बियोण्ड भिक्ट्री, डेमिओ एक्स डञ्जन्स एण्डड्रागन्स  समावेश छन्।

यसका साथै, स्ट्रिमिङ एप होराइजन टीभीमा डिज्नी प्लस, ईएसपीएन र हुलु समर्थन थपिएको छ भने युनिभर्सल पिक्चर्स र ब्लुमहाउससँगको सहकार्यमा एम३जीएएन र द ब्ल्याक फोनजस्ता चलचित्रहरू विशेष प्रभावसहित देखाइनेछन्। सीमित समयका लागि अवतार:फायर एण्ड एश को ३डी क्लिप पनि उपलब्ध हुनेछ।

प्रकाशित: ३ आश्विन २०८२, शुक्रबार

Sajilo Visa
तपाइको प्रतिक्रिया

ताजा समाचार