Technology Khabar २ आश्विन २०८२, बिहीबार
काठमाडौं ।
– प्रतिक राना
नेपालीहरुको महान चाड दशैं तिहार नजिकिँदै गर्दा काठमाण्डौको न्यूरोड क्षेत्रका मोबाइल पसलहरु भने सुस्ताएका छन्। अघिल्ला वर्षहरुमा दशैंको अवसरमा न्यूरोड क्षेत्रका मोबाइल पसलहरुमा ग्राहकहरुको चाप थेगिनसक्नु हुने गरेको थियो।
यस पटक भने न्यूरोड र ताम्राकार कम्प्लेक्सका मोबाईल पसलहरुमा मोबाइल तथा एसेसरिज किन्नका लागि आएका ग्राहकहरुको संख्यामा उल्ललेखनिय रुपमा कमि आएको छ।
हालै भएको जेन जीकोले आन्दोलनको प्रभावले र न्यूरोड क्षेत्रबाट बजार विस्तार भएको हुनाले मोबाइल व्यापारमा ह्रास आएको मोबाइल बिक्रेताहरुको भनाइ रहेको छ।
गीज्मो स्टोरका कैलाश निरौलाले दशैं बल्ल सुरु हुँदै गरेको र बिक्री राम्रै भएको बताए। ग्राहकहरु आईफोनमा धेरै फोकस भएको र एक्सचेञ्ज गरेर आईफोन नै किन्ने गरेको उनले जानकारी दिए। एन्ड्रोइड कम्पनीका फोनहरु भने बराबर बिक्री भइरहेको र एन्ड्रोइडको तुलनामा भने एप्पल धेरै बिक्री हुने गरेको उनले थप उल्लेख गरे।
त्यसैगरी जियो मोबाइल्सका कृष्ण पराजुलीले प्रति दिन १५ देखि २० थान मोेबाइल बिक्री भइरहेको बताए। साथै उनले आईफोनका १३, १४, १५ र १६ प्रो म्याक्सको राम्रो बिक्री भएको जानकारी दिएका छन्। एन्ड्रोइडतर्फ सामसङको ग्यालेक्सी २५ अल्ट्रा बिक्री भइरहेका उनले बताए।
ताम्राकार कम्प्लेक्समा रहेको जेनिथ मोबाइल हबका शिव शर्माले पहिलेका वर्षहरुमा जस्तो व्यापार नभएको र वर्षैपिच्छे बिक्रीमा गिरावट आएको जानकारी दिएका छन्। साथै यस वर्षको व्यापारमा जेनजी आन्दोलन र न्यूरोडबाट बजार विस्तार भएको हुनाले खासै मोबाइल बिक्री गर्न नसकेको जानकारी दिए।
बेस्ट टेक सेन्टरका अर्का मोबाइल बिक्रेता कृष्णा महतले पनि बजार सुनसान भएको भन्दै ग्राहकहरुका चापमा कमी आएको बताइन्। जेन जी आन्दोलनले प्रभाव पारेको भन्दै उनले सोचेको जस्तो व्यापार गर्न नसकिएको र दिनमा फाट्ट–फुट्ट २५ देखि ३० थान मोबाइल बिक्री भइरहेको बताइन्।
प्रकाशित: २ आश्विन २०८२, बिहीबार