बीएमडब्ल्यूले आफ्नो लोगो डिजाइनलाई रिफ्रेस गर्यो

Technology Khabar २ आश्विन २०८२, बिहीबार

बीएमडब्ल्यूले आफ्नो लोगो डिजाइनलाई रिफ्रेस गर्यो

काठमाडौं ।

बीएमडब्ल्यूले आफ्नो प्रतिष्ठित लोगोमा चुपचाप परिवर्तनहरू ल्याएको छ। लोगोमा गरिएको परिवर्तनहरू पहिलो पटक म्युनिख मोटर शोमा देखा परेको थियो जहाँ आईएक्स३ इलेक्ट्रिक क्रसओभर अनावरण गरिएको थियो।

उक्त मोडेलले आगामी न्यू (Neue Klasse) लाइनको डिजाइन ल्याङ्गवेजको खुलासा गरेको बताइएको छ।

बीएमडब्ल्यूको पहिलेको र हालै रिफ्रेस गरिएको लोगोमा साना भिन्नताहरू रहेको छन्।

पहिले ह्वाइट एण्ड ब्लू फिल्ड (सेतो र नीलो क्षेत्रहरू) भएको “प्रोपेलर” बाट बीएमडब्ल्यू अक्षरहरू भएको ब्ल्याक सर्कल (कालो घेरा) लाई अलग गर्ने इनर रिङ्ग (भित्री घेरा) गायब भएको छ।

आईएक्स१ जस्ता विद्युतीय सवारी साधनहरूलाई हाइलाइट गर्न बीएमडब्ल्यूले प्रयोग गरेको ब्लू रिङ्ग (नीलो घेरा) पनि नयाँ आईएक्स३ बाट हराएको छ।

यस बाहेक अक्षरहरू पनि पातलो भएका छन् भने कालो पृष्ठभूमि म्याट भएको देख्न सकिनछ र लोगो आफैं फ्ल्याटर देखिएको उल्लेख गरिएको छ।

बीएमडब्ल्यूले आफ्नो लोगोमा गरेको हालको यो प्रयोग भने पहिलो होइन।

पाँच वर्ष अघि, बीएमडब्ल्यूले लोगोको सरलीकृत संस्करण प्रस्तुत गरेको थियो तर यो लोगोलाई केवल मार्केटिङ्ग सामग्रीहरूमा मात्र प्रयोग गरिएको टेलीग्राफले रिपोर्ट गरेको छ।

प्रकाशित: २ आश्विन २०८२, बिहीबार

Sajilo Visa
तपाइको प्रतिक्रिया