Technology Khabar ३१ भाद्र २०८२, मंगलवार
काठमाडौं ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई एकतर्फी भए पनि सधैं माया गर्ने बताएका छन्।
हालै साम्पाङले आफूलाई लक्षित गरेर दिएका टिप्पणीहरूबारे जवाफ दिँदै बालेनले मंगलबार सामाजिक सञ्जाल फेसबुकमा रहेको आफ्नो भेरिफाइडमा लेखेका छन्, “प्रिय हर्क साम्पाङ, तिमीले मलाई जतिसुकै गाली गरे पनि म तिमीलाई माया गर्न छोड्दिनँ। यो एकतर्फी भए पनि मेरो माया साँचो हो।”
साम्पाङले हालसालै आफूलाई प्रधानमन्त्री नबनाएको भन्दै निरन्तर बालेनलाई आलोचना गर्दै आएका थिए। त्यसैको प्रतिउत्तरस्वरूप बालेनले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन्।
उनले अंग्रेजीमा लेखेका छन्, “You are my true love”।
उक्त स्टाटस सार्वजनिक भएलगत्तै सामाजिक सञ्जालमा भाइरल बनेको छ।
गत हप्ता भएको जेन जी आन्दोलनपछि साम्पाङ धरानबाट ठूलो टोलीसहित काठमाडौंको जङ्गी अड्डा पुगेका थिए। उनले आफूलाई प्रधानमन्त्री बनाउनुपर्ने दावी गरेका थिए, तर जनस्तरबाट पर्याप्त समर्थन नपाएपछि निराशा व्यक्त गर्दै सामाजिक सञ्जालमा आक्रोश पोखिरहेका छन्।
प्रकाशित: ३१ भाद्र २०८२, मंगलवार