Technology Khabar ३० भाद्र २०८२, सोमबार
काठमाडौं ।
विद्यालयका शिक्षक तथा कर्मचारीले कार्यालय समयमा तोकिएको पोशाकमानै टिकटक बनाउने गरेको भन्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले रोक लगाएको छ।
मन्त्रालयले सार्वजनिक सूचनामार्फत शिक्षकहरुले पोशाकमा टिकटक भिडियो लगायत बालमनोविज्ञानमा प्रत्यक्ष असर पुग्ने खालको सामग्री बनाई पोष्ट गर्ने कार्य गरेको गुनासोमाथि सम्बोधन गर्दै त्यस्तो कार्य गर्न रोक लगाएको हो।
सामाजिक सञ्जालमा सामग्री पोष्ट सम्बन्धित पत्रानुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेलो सरकारमा त्यस सम्बन्धित गुनासो आएको भन्दै विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीलाई सो कार्य नगर्न नगराउन भनेको हो।
यसको लागि आवश्यक समन्वय, सहयोग र सहजीकरणका लागि शिक्षा तथा मानवस्रोत विकास केन्द्रलाई निर्देशन दिएको छ।
प्रकाशित: ३० भाद्र २०८२, सोमबार