जेन जी आन्दोलनका नाममा लुटपाट गरेर लगिएको सामग्री फिर्ता गर्न गोदावरी नगरपालिकाको आग्रह

Technology Khabar ३० भाद्र २०८२, सोमबार

जेन जी आन्दोलनका नाममा लुटपाट गरेर लगिएको सामग्री फिर्ता गर्न गोदावरी नगरपालिकाको आग्रह

काठमाडौं ।

गत हप्ता भदौ २३ र २४ गते भएको जेन जी आन्दोलनको निहुँ पारेर नगरपालिका अन्तर्गतका विभिन्न स्थानबाट राति अबेरसम्म सामानहरू लुटपाट गरी घरघरमा लगेको सिसिटिभी फुटेजबाट देखिन आएकोले नजिकको कार्यालयमा फिर्ता गरिदिन गोदावरी नगरपालिकाले उक्त घटनामा संलग्न सबैलाई आग्रह गरेको छ।

नगरपालिकाले आज एक सूचना प्रकाशित गरी यस प्रकारको आग्रह गरेको हो।

गत भाद्र २३ र २४ गते भएको जेन्जी अन्दोलनका क्रममा नगरपालिका अन्तर्गत सन्त नेता कृष्णप्रसाद भट्टराई आश्रम लगायत चापागाउँ प्रहरी वृत, बाडेगाउँ प्रहरी कार्यालय र वडा कार्यालय समेतमा भएको आगजनी, तोडफोड तथा लुटपाटबाट अत्यन्त भयावह क्षति भएको प्रमुख प्रशासकीय अधिकृत मान बहादुर खड्काले जानकारी दिए।

‘आगजनी पश्चात रातिसम्म भट्टराई आश्रम समेतबाट सामाग्रीहरू लुटपाट गरी घरघरमा लगेको सिसिटिभी फुटेजबाट देखिन आएको हुँदा उक्त सामाग्रीहरू नजिकको कार्यालयमा तीन दिनभित्र फिर्ता गरी जिम्मेवार र सम्मानित नागरिकको भूमिका निर्वाह गर्न यो सूचना जारी गरिएको छ’, सूचनामा उल्लेख छ।

आन्दोलनका क्रममा नगरपालिका भवनमा आगजनी र तोडफोड गर्न गएकाहरुलाई स्थानीयहरुले आफूहरुको सार्वजनिक सम्पत्ति क्षति गर्न नहुने भन्दै प्रतिकारमा उत्रिएर आगजनी तथा क्षति हुनबाट जोगाएका थिए।

प्रकाशित: ३० भाद्र २०८२, सोमबार

Sajilo Visa
तपाइको प्रतिक्रिया

ताजा समाचार