जेन जी आन्दोलनका क्रममा नेपाल टेलिकमका ७१ लाख बराबरका ७० हजार रिचार्ज कार्ड चोरी, फिर्ता गर्न आग्रह

Technology Khabar ३० भाद्र २०८२, सोमबार

जेन जी आन्दोलनका क्रममा नेपाल टेलिकमका ७१ लाख बराबरका ७० हजार रिचार्ज कार्ड चोरी, फिर्ता गर्न आग्रह
सांकेतिक फाइल तस्बिर

काठमाडौं ।

नेपाल टेलिकमले गत भदौ २४ गतेको जेन जी आन्दोलनका क्रममा प्रादेशिक निर्देशनालय पोखरा, गण्डकी प्रदेश महेन्द्रपुलको भवनमा तोडफोड तथा आगजनी हुँदा ७१ लाख रुपैयाँ बराबरका ७० हजार २ सय थान रिचार्ज चोरी भएको बताएको छ।

टेलिकमले आज चोरी गरिएका रिचार्ज कार्डहरुको सिरियल नम्बरसहितको एक सूचना प्रकाशित गरी तुरुन्तै कार्यालयमा फर्काइदिन सबैमा अनुरोध गरेको छ।

सूचनामा भनिएको छ, ‘मिति २०८२/०५/२४ गते देशव्यापी रूपमा भएको जेन जी आन्दोलनको क्रममा नेपाल टेलिकम प्रादेशिक निर्देशनालय पोखरा, गण्डकी प्रदेश महेन्द्रपुलको भवनमा तोडफोड तथा आगजनी हुँदा तपसिल बमोजिमका रिचार्जकार्डहरू चोरी भएको पाइएकोले उक्त रिचार्जकार्डहरू पाउनुहुने महानुभावहरूले नजिकैको नेपाल टेलिकमको कार्यालय वा प्रहरी कार्यालयमा बुझाइदिनुहुन हार्दिक अनुरोध छ। साथै उल्लिखित सिरियल नम्बरका रिचार्जकार्डहरू बिक्रीवितरण तथा प्रयोग नगर्नुहुन आम सर्वसाधारणलाई समेत यसै सूचना मार्फत जानकारी गराइन्छ।’

चोरी भएका रिचार्ज कार्डको विवरण:

प्रकाशित: ३० भाद्र २०८२, सोमबार

Sajilo Visa
तपाइको प्रतिक्रिया

ताजा समाचार