त्रिभुवन विश्वविद्यालय अन्तर्गतको स्नातक र स्नातकोत्तर तहका परीक्षा स्थगित

  • Technology Khabar | २९ भाद्र २०८२, आईतवार
त्रिभुवन विश्वविद्यालय अन्तर्गतको स्नातक र स्नातकोत्तर तहका परीक्षा स्थगित

काठमाडौं ।

त्रिभुवन विश्वविद्यालय, मानविकी तथा सामाजिक शास्त्र संकायले स्नातक र स्नातकोत्तर तहका परीक्षा स्थगित गरेको छ। डीनको कार्यालयले आइतबार जारी गरेको सूचनामा यसअघि तय भएका सबै परीक्षा स्थगित गरिएको जनाइएको हो।

डीनको कार्यालयले आज एक सूचना प्रकाशित गरी सेमेस्टर प्रणालीमा सञ्चालित स्नातकोत्तर तहको शैक्षिक वर्ष २०२३ का नियमित तथा आंशिक परीक्षार्थीहरूको आठौं २०८२ भदौ १६ गतेदेखि संचालित तेस्रो सेमेस्टर र भदौ ९ र ११ गतेदेखि सञ्चालित स्नातक (बीसीए) तहको शैक्षिक वर्ष २०२० र २०२४ को क्रमशः आठौं तथा दोस्रो सेमेष्टरको बाँकी परीक्षा स्थगित गरिएको जानकारी दिएको हो।

यसबाहेक २०८२ भाद्र २४ गतेबाट सञ्चाल हुने भनिएको स्नातकोत्तर तह एमसीए प्रथम सेमेष्टरको शैक्षिक वर्ष २०२४ को नियमित तथा आंशिक सत्रान्त परीक्षा र स्नातक तह (बीसीए) को असोज २ गते तोकिएको प्रवेश परीक्षा समेत हाललाई स्थगित गरिएको छ।

विश्वविद्यालयले नयाँ परीक्षा तालिका पछि सार्वजनिक गर्ने जनाएको छ। साथै, सम्बन्धित विद्यार्थीलाई अद्यावधिक जानकारीका लागि विश्वविद्यालयको आधिकारिक वेबसाइट tufoshss.edu.np हेर्न आग्रह गरिएको छ।

प्रकाशित: २९ भाद्र २०८२, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Yango Ride introduces Free In-Ride insurance for drivers and passengers in Nepal

  • Technology Khabar
  • २९ भाद्र २०८२, आईतवार