जेनजी आन्दोलनलाई समर्थन गरेका कलाकार दीपकराज गिरीलाई धम्की

  • Technology Khabar | २९ भाद्र २०८२, आईतवार
जेनजी आन्दोलनलाई समर्थन गरेका कलाकार दीपकराज गिरीलाई धम्की

काठमाडौं ।

कलाकार दीपकराज गिरीले जेनजी आन्दोलनप्रति समर्थन जनाएपछि आफूलाई धम्की आउन थालेको बताएका छन्। उनले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत एक पोस्ट गर्दै यसबारे जानकारी सार्वजनिक गरेका हुन्।

गिरीका अनुसार, केही दिनयता इनबक्स र फोनमार्फत धम्की आइरहेका छन्। उनका अनुसार अस्तिदेखि केहीले इनबक्समा त केहीले कल गरेर उनलाई धम्काउन थालेका छन्। उनीहरूले गिरीलाई जेनजीलाई उकास्ने र कलाकार भएर जेनजी तिर लाग्ने भन्ने खालको धम्की दिइरहेका उनको भनाई छ।

यसअघि जेनजी पुस्ताका युवाहरूले भ्रष्टाचार, सामाजिक सञ्जालमाथि प्रतिबन्धलगायतका मुद्दाविरुद्ध सोमबार र मंगलबार काठमाडौंमा प्रदर्शन गरेका थिए। गिरीले उनीहरुको कदमलाई सामाजिक सञ्जालमार्फत् समर्थन गरेका थिए।

प्रकाशित: २९ भाद्र २०८२, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार