ताजा समाचार

नाडाले भन्यो- अटोमोबाइल क्षेत्रमा दीर्घकालीन रुपमा लगानी र रोजगारीमा पनि चुनौती थपिए

नाडाले भन्यो- अटोमोबाइल क्षेत्रमा दीर्घकालीन रुपमा लगानी र रोजगारीमा पनि चुनौती थपिए
Global IME Bank

नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले हालै देशव्यापी रुपमा भएको आन्दोलन तथा प्रदर्शनले अटोमोबाइल क्षेत्रमा प्रत्यक्ष असर पारेको बताएको छ।

संस्थाले नेपालको अटोमोबाइल क्षेत्र देशको उद्योग, व्यापार र रोजगारीको महत्वपूर्ण आधारशिला हो भएको बताउँदै तर हालका घटनाक्रमले यस क्षेत्रमा प्रत्यक्ष असर पारेको उल्लेख गरेको हो।

“कर्मचारी, ग्राहक र सम्पूर्ण संरचनाको सुरक्षाप्रति समेत चिन्ता बढेको छ। देशको वर्तमान अवस्थाले उपभोक्ता विश्वासमा नकारात्मक असर र्पुयाएको छ र दीर्घकालीन रुपमा लगानी र रोजगारीमा पनि चुनौती थपिएको छ,” नाडाले भनेको छ।

यसैगरी सम्पूर्ण व्यवसायिक समुदायको सुरक्षालाई सर्वोच्च प्राथमिकतामा राख्न सरकारलाई अनुरोध गर्दै अटोमोबाइल क्षेत्रलाई सामान्य अवस्थामा फर्काउन आवश्यक सहयोग र सहजीकरण गर्न पनि सरकारलाई आह्वान गरेको छ।

नाडाले आफ्नो सदस्य कम्पनीहरूको हित, उपभोक्ताको विश्वास, र देशको समग्र अटोमोबाइल उद्योगलाई सुरक्षित राख्न निरन्तर खटिने प्रतिवद्धता व्यक्त गरेको छ।

छिटै मन्त्रिपरिषद समेत गठन हुने र यस सरकारले आउदो ६ महिनाभित्र आम निर्वाचन समेत सम्पन्न गर्ने जिम्मेवारी लिएको सन्दर्भमा आम नेपाली जनताको भावना र मर्मलाई आत्मसात गर्न यो सरकार सफल हुन नाडाले  शुभकामना व्यक्त गरेको छ।

Sajilo Visa
easy care