सरकारद्वारा जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, परिवारलाई १० लाख राहत दिइने

  • Technology Khabar | २९ भाद्र २०८२, आईतवार
सरकारद्वारा जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, परिवारलाई १० लाख राहत दिइने

काठमाडौं ।

सरकारले जेनजी युवाको आन्दोलनका क्रममा मृत्यु भएकाहरूलाई शहीद घोषणा गर्दै प्रत्येक परिवारलाई १० लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ। पदभार ग्रहण गरेपछि प्रधानमन्त्री सुशीला कार्कीले उक्त निर्णयमा हस्ताक्षर गरेकी हुन्।

आन्दोलनमा ५९ जना प्रदर्शनकारी, १० जना कैदीबन्दी र ३ जना सुरक्षाकर्मी गरी कुल ७२ जनाको ज्यान गएको मुख्य सचिव एकनारायण अर्यालले जानकारी दिएका छन्। यसैगरी १३४ जना प्रदर्शनकारी र ५७ जना प्रहरी घाइते भएको तथ्यांक पनि सार्वजनिक गरिएको छ।

प्रकाशित: २९ भाद्र २०८२, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

E-pension services launch in Jumla

  • Technology Khabar
  • २९ भाद्र २०८२, आईतवार