Technology Khabar २३ भाद्र २०८२, सोमबार
काठमाडौं ।
जेनजीले बानेश्वरमा रहेको संसदभवन परिसरमा प्रवेश गरेका छन्। उक्त क्षेत्रका सडकहरु जेनजीले कब्जा गरेका छन्।
जेनजीको प्रदर्शनलाई नियन्त्रणमा लिनलाई प्रहरीले पानीको फोहोरा प्रहार गरेको छ।
जेनजीको प्रदर्शन नियन्त्रण बाहिर गएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले कफ्र्यू आदेश जारी गरेको छ।
आदेशअनुसार बानेश्वर चोकदेखी पश्चिम एभरेष्ट होटल हुँदै बिजुलीबजार पुलसम्म, बानेश्वर चोकदेखी पूर्व मिन भवन, शान्तिनगर हुँदै तीनकुने चोकसम्म, बानेश्वर चोकदेखी उत्तर आइप्लेक्स मल हुँदै रत्नराज्य माध्यमिक विद्यालयसम्म, र बानेश्वर चोकदेखी दक्षिण शंखमुल ओरालो हुँदै शंखमुल पुलसम्म कफ्र्यू आदेश जारी गरिएको छ।
यसका साथै जिप्रकाले थप स्थानहरुमा कर्फ्यू आदेश जारी गरेको छ।
शितल निवास (राष्ट्रपति कार्यालय) महाराजगंज क्षेत्रको उत्तर पूर्वतर्फ राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान अगाडिको चोकसम्म, पूर्व दक्षिणतर्फ सामाखुशी जाने मोडदेखि १०० मिटर दक्षिणसम्म, दक्षिण पश्चिमतर्फ सामाखुशी जाने मोडदेखि सामाखुशी खोलासम्म रहेको छ।
यस्तै, हरित गृह (उपराष्ट्रपति कार्यालय) लैनचौर क्षेत्रको केशरमहल चोकदेखि लैनचौर मोड हुँदै मल्ल होटलको सिमानासम्म, नारायणहिटी दरवार संग्रहालय क्षेत्र, जुलुस, प्रदर्शन, केशरमहल चोकदेखी नारायणहिटी दरवार संग्रहालय दक्षिण गेट हुँदै जयनेपाल मोडसम्म, नारायणहिटी दरवार संग्रहालय दक्षिण गेटदेखी महेन्द्र सालिकसम्म कर्फ्यू आदेश दिईएको छ।
सिंहदरबार क्षेत्रको भद्रकाली मन्दिर (तिनकुने आइल्याड ) को पूर्वी कुनादेखि पूर्वतर्फ सिंहदरवार मूल गेटसम्म, • सिंहदरवार मूलगेट अगाडिदेखि उत्तरतर्फ पद्मोदय मा.वि.को मोडसम्म, पद्मोदय मोडदेखि पूर्वतर्फ महालेखा परीक्षक कार्यालय अगाडि हुँदै अनामनगरतर्फ जाने ‘सिंहदरवारको उत्तरपूर्वी मोड र सो मोडदेखि सिंहदरवार पूर्वी गेट हुँदै हनुमानस्थान मन्दिरसम्म, सिंहदरवार मूलगेट अगाडिदेखि दक्षिणतर्फ सर्वोच्च अदालत अगाडि हुँदै पुरातत्व विभागको चोकसम्म जिप्रकाले थप स्थानहरुमा कर्फ्यू लगाएको हो।
प्रकाशित: २३ भाद्र २०८२, सोमबार