Technology Khabar २३ भाद्र २०८२, सोमबार
काठमाडौं ।
यातायात व्यवस्था कार्यालय सवारीचालक अनुमतिपत्र एकान्तकुना ललितपुरबाट दुईपाङ्ग्रे सवारीसाधनको सवारी दर्ता प्रमाणपत्र (ब्लुबुक) नवीकरण सेवा सुरु भएको छ।
२२ औँ निजामती सेवा दिवसका अवसरमा आइतबार आयोजित
सेवा उद्घाटन कार्यक्रममा बागमती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री जयराम थापाले ब्लुबुक नवीकरण सेवाको उद्घाटन गरेका हुन्।
मन्त्री थापाले सेवाग्राहीलाई एउटै कामका लागि फरक फरक कार्यालय धाउनुपर्ने बाध्यता हटाउन एकान्तकुना कार्यालयबाट पनि ब्लुबुक नवीकरण सेवा विस्तार गरिएको बताए।
कार्यालयले उपलब्ध दरबन्दी अनुसार कर्मचारी संचालन दैनिक १ हजार ५०० देखि २ हजार जनालाई सेवा दिन मिल्ने व्यवस्था मिलाइएको छ।
हाल कार्यालयले दैनिक २०० बाट ३०० सवारी चालक अनुमतिपत्र नवीकरण आएको जनाएको छ।
प्रकाशित: २३ भाद्र २०८२, सोमबार