Technology Khabar २१ भाद्र २०८२, शनिबार
काठमाडौं ।
आईफोन १७ परिवारले बिक्रीतर्फ आईफोन १६ डिभाइसहरूलाई ३.५ प्रतिशतले उछिन्ने र प्रो मोडेलहरूले मुख्य रुपमा बिक्री बढाउन मद्दत गर्ने डाटा एनालिटिक्स फर्म ट्रेन्डफोर्सले खुलासा गरेको छ। आईफोन १७ एयरको प्रारम्भिक ढुवानी यसले प्रतिस्थापन गरिरहेको डिभाइस आईफोन १६ प्लससँग मिल्दोजुल्दो हुनुपर्छ भनी भन्दै आईफोन १७ एयरलाई लिएर फर्म धेरै आशावादी नभएको उल्लेख गरिएको छ।
आईफोन १७ एयर, आईफोन १७ प्रो र आईफोन १७ प्रो म्याक्सले १२ जीबी र्याम पाउने भएका छन् र तिनीहरू सबै २५६ जीबी स्टोरेजबाट सुरु हुनेछन् भने केवल ‘भेनिला’ आईफोन १७ मा ८ जीबी र्याम र १२८ जीबी बेस स्टोरेज हुने भएको छ। यद्यपि यसबारे हालै धेरै विरोधाभासी रिपोर्टहरू आएका छन्। त्यसैले यस पटकको जानकारी सही हुने आशा गरिएको छ।
त्यसैगरी सम्पूर्ण सिरिजमा २४ मेगापिक्सेलको सेल्फी क्यामरा हुनेछ र सबै पछाडिका क्यामराहरूमा ४८ मेगापिक्सेलको रिजोल्युसन हुने बताइएको छ। त्यसैगरी प्रो मोडेलहरूमा भने ठूलो क्यामरा आइल्याण्डको साथ प्रायः अफवाह गरिएको पुनः डिजाइन सहित “अप्टिकल जुम र ईमेज रिजोल्युसन बढाउन अप्टिमाइज सफ्टवेयर एल्गोरिदमहरू” पनि हुने उल्लेख गरिएको छ।
यो रिपोर्टले आईफोन १७ बाहेक सबै मोडेलहरूमा ५० देखि १०० अमेरिकी डलर मूल्य वृद्धि हुने जानकारी पनि दोहोर्याएको छ। यद्यपि डिभाइसहरुको मूल्य वृद्धि हुने जानकारीको बारेमा केही दिन अघिको एक हल्लाले फरक धारणा प्रदान गरेको थियो।
एप्पलले सेप्टेम्बर ९ मा अनावरण कार्यक्रममा आयोजना गर्दैछ।
प्रकाशित: २१ भाद्र २०८२, शनिबार