
काठमाडौं ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा बसेको बैठकले नेपालमा दर्ता नभएको भन्दै नेपाली एप ‘हाम्रो पात्रो’ एप पनि बन्द गर्ने निर्णय गरेको छ।
मन्त्रालयले दिएको जानकारीअनुसार आजैको बैठकले २६ ओटा सामाजिक सञ्जाल र मेसेजिङ्ग एपहरु बन्द गर्ने भएको छ। जसमा हाम्रो पात्रो पनि समावेश छ।
मन्त्रालयकाअनुसार उक्त एप हालसम्म सूचीकरणमा आएको छैन्। सोही कारणले बन्द गर्न लागिएको हो।
मन्त्रालयकाअनुसार नेपालमा दर्ता भएका ५ ओटा र प्रक्रियामा रहेका २ ओटाबाहेक अन्य सबै सामाजिक सञ्जालहरु क्रमशः निष्क्रिय गरिनेछ।
प्रकाशित: १९ भाद्र २०८२, बिहीबार