सरकारको निर्णय अनुसार यी हुन् अब नेपालमा नचल्ने २६ सामाजिक सञ्जाल

Technology Khabar १९ भाद्र २०८२, बिहीबार

काठमाडौं ।

सरकारले मेटाको फेसबुकलगायत करिब २६ ओटा सामाजिक सञ्जालहरु क्रमश: निष्क्रिय गराउने भएको छ।

सूचना तथा सञ्चार मन्त्रालयमा आज बसेको मन्त्रिपरिषद बैठकले सूचीकरण हुन नआएका यी विभिन्न २६ सामाजिक सञ्जाललाई निष्क्रिय बनाउने निर्णय गरेको हो।

यसमा मेटा र एक्स जस्ता ठूला सामाजिक सञ्जालहरु रहेका छन जसका अन्य मेसेन्जर एपहरु समेत बन्द हुने भएका छन्।

यी हुन् अब नेपालमा नचल्ने वा निष्क्रिय हुने सामाजिक सञ्जाल

फेसबुकमेसेञ्जरइन्स्टाग्रामयूट्युबह्वाट्सएपट्विटर (एक्स)
वी च्याटथ्रेड्सपिन्ट्रेस्टसिग्नलडिस्कर्डरेडिट
क्लबहाउसमास्टो डनटम्ब्लरकोरालिङ्क्डइनस्न्यापच्याट
रम्बलमी वीमी भिकेइमोलाइनसोल
जालोहाम्रो पात्रो

यस निर्णय अन्तर्गत माथिका २६ ओटा सामाजिक सञ्जाल बन्द हुने भएका हुन्। मन्त्रिपरिषदको निर्णय र सर्वोच्च अदालतको परमादेश कार्यान्वयन गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आज उक्त निर्णय गरेको हो।

त्यसो भए कुन कुन चल्छन् त?

सरकारले सूचीकरण हुन नआएका २६ ओटा सामाजिक सञ्जाल तथा एपलाई क्रमश: निष्क्रिय गर्दै लैजाने निर्णय गर्दै गर्दा यसअघि सरकारको नियम अनुसार नेपालमा दर्ता भइसकेका र दर्ता प्रक्रियामा रहेका निम्न सामाजिक सञ्जाल तथा एपहरु भने चलिरहनेछन्:

टिकटक भाइबर निम्बज वीटक ओपोलाइभ 

 

टेलिग्राम र ग्लोबल लिंक दर्ताको प्रक्रियामा आइसकेका छन्।

सम्बन्धित समाचार

सामाजिक सञ्जाल निष्क्रिय गराउने सरकारको निर्णय: कार्यान्वयनका लागि मन्त्रालयद्वारा दूरसञ्चार प्राधिकरणलाई निर्देशन

सरकारले तोकिएका सामाजिक सञ्जाल बन्द गर्न नियामक निकाय दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिइसकेको छ। प्राधिकरणले सामाजिक सञ्जाल क्रमशः निष्क्रिय गर्दै जाने बुझिएको छ।

प्रकाशित: १९ भाद्र २०८२, बिहीबार

तपाइको प्रतिक्रिया