
काठमाडौं ।
गत वर्षको शाओमी १५ सिरिजले अक्टोबरमा शाओमी १५ र १५ प्रोको साथ डेब्यू गरेको थियो। तर यस वर्षको १६ सिरिज भने त्योभन्दा पहिले नै आइपुग्ने लीकले दावी गरेको छ।
डिजिटल च्याट स्टेशनको नयाँ पोस्टले शाओमी १६ मोडेलहरू सेप्टेम्बरको दोस्रो देखि अन्तिम हप्तामा लन्च हुने खुलासा गरेको छ। सेप्टेम्बर २४ र २६ को बीचमा शाओमी १६ लन्च देख्ने बलियो सम्भावना रहेको डीसीएसले विश्वास व्यक्त गरेको छ।
क्वालकमले आफ्नो अर्को फ्ल्यागशिप ८ सिरिज चिपसेट ‘स्न्यापड्र्यागन ८ जेन एलिट २ (वा ८ एलिट जेन ५)’ सेप्टेम्बर २३ मा लन्च गर्दैछ र यो कुनै संयोग नभएको उल्लेख गरिएको छ।
पछिल्ला अफवाहहरूको आधारमा, यस महिनाको लन्चको लागि तीनओटा डिभाइसहरूको अपेक्षा गरिएको छ जसमा शाओमी १६, १६ प्रो मिनी र १६ प्रो म्याक्स समावेश छन्। १६ अल्ट्रा भने अर्को वर्षको कुनै समय/मितिमा लन्च हुने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
भेनिला १६ र १६ प्रो मिनीले ६.३ इन्चको स्क्रिन ल्याउने अपेक्षा गरिएको छ भने प्रो म्याक्सले ६.८ इन्चको स्क्रिन हुने सम्भावना रहेको छ। सबै शाओमी १६ सिरिजका फोनहरू क्वालकमको पछिल्लो फ्ल्यागशिप स्न्यापड्रागन ८ सिरिज चिपले सुसज्जित हुनेछन्।
भेनिला मोडेलले ६,८०० एमएएच ब्याट्री ल्याउने हल्ला छ भने नयाँ १६ प्रो मिनीले ६,३०० एमएएच सेल पाउने अफवाह रहेको छ। शाओमी १६ सिरिजले १०० वाटको छिटो चार्जिङ ल्याउने हल्ला पनि रहेको छ।
प्रकाशित: १७ भाद्र २०८२, मंगलवार