ह्वाट्सएपले एआई प्रयोग गरेर मिथ्या समाचार हटाउने सुविधाको परीक्षण गर्दै

  • Technology Khabar | १६ भाद्र २०८२, सोमबार
ह्वाट्सएपले एआई प्रयोग गरेर मिथ्या समाचार हटाउने सुविधाको परीक्षण गर्दै
फोटो सौजन्यः जीएसएमएरिना

काठमाडौं ।

मेटाले ह्वाट्सएप प्रयोगकर्ताहरूलाई रियल टाइम (वास्तविक समय) मा र एप नछोडिकनै कन्भर्सेसन्स (कुराकानी) मा गलत जानकारी र मिथ्या समाचार प्रमाणित गर्न अनुमति दिने सुविधामा काम गरिरहेको छ।

आस्क मेटा एआई भनिने यो ‘बटन’ को बारेमा विशेष वेबसाइट डब्ल्यूएबीटाइन्फोले पत्ता लगाएको टेलीग्राफले रिपोर्ट गरेको छ।

समाचारको सामग्री प्रमाणित गर्नको लागि, एप मेनुबाट ‘आस्क मेटा एआई’ चयन गरेपछि सामग्री स्वचालित रूपमा मेटाको च्याटबटमा फर्वार्ड गरिनेछ र जहाँ प्रयोगकर्ताले एक विशेष प्रश्न सोध्न सक्नेछन्।

अहिले, यो सुविधा परीक्षणको रूपमा केही प्रयोगकर्ताहरूलाई मात्र उपलब्ध रहेको र यसलाई बिस्तारै सबैलाई रोल आउट गरिनेछ।

मार्क जुकरबर्गको कम्पनीले कुराकानी मार्फत द्रुत रूपमा फैलिने गलत जानकारीको फैलावटलाई रोक्ने लक्ष्य राखेको जनाइएको छ।

आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मा निर्भर यो प्रणालीले मानव पर्यवेक्षण बिना कसरी काम गर्नेछ भनेर हेर्न भने बाँकी छ।

प्रकाशित: १६ भाद्र २०८२, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार