काठमाडौं ।
काठमाडौं । पछिल्लो दिनमा लोकप्रिय रहेको भिडियो शेयरिंग प्लेटफर्म टिकटिक (Tik Tok) बिबादमा आएको छ । नेपालमा पनि यो प्लेटफर्मका प्रयोगकर्ताहरुको संख्या दिनप्रतिदिन बढिरहेको छ । तर छिमेकी मुलुक भारत यो भिडियो शेयरिंग प्लेटफर्मलाई प्रतिबन्ध लगाउनुपर्ने माग आएको छ ।
टिकटकमा पछिल्लो दिनहरुमा अश्लिल कन्टेन्टहरुको संख्या बढिरहेको र कम्पनीले त्यसलाई रोक्न नसकेको आरोप लागेको छ ।
अश्लिल कन्टेन्ट बढेको भन्दै छिमेकी मुलुक भारतका तामिल नाडुका प्रविधि मन्त्रीले यसलाई बन्द गर्न माग गरेका छन् । तमिलनाडुको संसदमा बोल्दै इन्र्फर्मेशन टेक्नोलोजी मिनिटर एम मानिकन्दनले राज्यसरकारसँग टिकटकलाई प्रतिबन्ध लगाउन माग गरेका हुन् ।
टेक्नोलोजी मिनिस्टरले सो एपले राज्यमा पोर्नोग्राफी कन्टेन्टहरु बढाइने काम गरिरहेको बताएका थिए ।
हालै आएको एक रिपोर्टमा टिकटक यूजर्सले सो प्लेटफर्मलाई दूरुपयोग गरिरहेका छन् ।
रिपोर्टकाअनुसार कयौं मानिसहरुले यस प्लेटफर्ममा पोर्न कन्टेन्ट अपलोड गरिरहेका छन र एप निर्माता कम्पनीले त्यसलाई नियन्त्रण गर्न सकिरहेको छैन् ।
केहि समयअघि आएको रिपोर्टमा पनि तमिलनाडुको सरकारले भारतको केन्द्र सरकारलाई टिकटक एप बन्द गर्न माग गरेको थियो । एजेन्सी
प्रकाशित: १ फाल्गुन २०७५, बुधबार