Technology Khabar १४ भाद्र २०८२, शनिबार
काठमाडौं ।
सामसङले भियतनाममा उत्पादनतर्फ एउटा प्रमुख कोशेढुङ्गा पार गरेको छ। भियतनाममा अप्रिल २००९ मा सञ्चालन सुरु भएदेखि सामसङका कारखानाहरूले २ अर्बभन्दा बढी स्मार्टफोनहरू उत्पादन गरिसकेका छन्। यो कोशेढुङ्गा आधिकारिक रूपमा अगस्ट २६ मा पार गरिएको स्थानीय आउटलेट भियतनामप्लसले उल्लेख गरेको छ।
बाक निन्ह र थाई न्गुयेनमा कम्पनीका प्लान्टहरू सामसङको विश्वव्यापी आपूर्ति शृङ्खलाको केन्द्रबिन्दु रहेका छन् जसले बजेट ग्यालेक्सी मोडेलदेखि फ्ल्यागशिप डिभाइसहरूसम्मका साथै ग्यालेक्सी जेड फोल्ड ७ जस्ता फोल्डेबलहरू सहित सबै कुरा निर्माण गर्दछ। यस उत्पादनको धेरैजसो भाग उत्तरी अमेरिका र अन्य प्रमुख बजारहरूमा निर्यात गरिन्छ।
यस अवसरको सम्झनामा, सामसङको मोबाइल डिभिजनका प्रमुख टीएम रोहले भियतनामको भ्रमण गरेको र प्रधानमन्त्री फाम मिन्ह चिनसँग भेट गरेका छन्। साथै यस कदमले देशप्रति कम्पनीको दीर्घकालीन प्रतिबद्धतालाई संकेत गरेको उल्लेख गरिएको छ।
स्मार्टफोनहरू बाहेक, भियतनामले अन्य सामसङ समूह व्यवसायहरूको पनि आयोजना गर्दछ, जसले उत्पादन केन्द्रको रूपमा आफ्नो भूमिकालाई अझ बलियो बनाएको थप उल्लेख गरिएको छ।
सन् २०२५ को पहिलो ६ महिनामा, सामसङ भियतनामले ३१.६ अर्ब डलर राजस्व ल्याएको र जसमध्ये २८ अर्ब डलर निर्यातबाट आएको रिपोर्ट गरिएको छ। हाल कारखानाहरूले १,००,००० भन्दा बढी कामदारहरूलाई रोजगारी दिइरहेको छ जसले गर्दा सामसङ यस क्षेत्रको प्राविधिक उद्योगमा सबैभन्दा ठूलो विदेशी लगानीकर्ता बनेको छ।
तुलना गर्दा, भियतनामले अब भारत र दक्षिण कोरियामा रहेको सामसङको प्लान्टहरूलाई उछिनेको छ। साथै कम्पनीको सबैभन्दा ठूलो फोन उत्पादन आधारको रूपमा आफूलाई दृढतापूर्वक स्थापित गरेको छ। सामसङले भियतनाममा आर एण्ड डी (अनुसन्धान र विकास) र डिस्प्ले निर्माणमा विस्तार गर्ने योजना पनि बनाएको छ।
यस कदमले देशमा कम्पनीको उपस्थितिलाई बलियो बनाउनेछ भने एप्पल र शाओमी जस्ता प्रतिस्पर्धीहरू विरुद्ध प्रतिस्पर्धी रहन मद्दत गर्ने गीज्मोचाइनाले रिपोर्ट गरेको छ।
प्रकाशित: १४ भाद्र २०८२, शनिबार