Technology Khabar १४ भाद्र २०८२, शनिबार
काठमाडौं ।
एप्पलका नयाँ आईप्याड प्रोहरूले मुख्यतया एलजी डिस्प्लेद्वारा प्रदान गरिएको ट्यान्डम ओएलईडी डिस्प्ले प्यानलहरू प्रयोग गरिरहेका छन्। साथै कोरियाली कम्पनीले एप्पललाई उही प्रविधि लिन र भविष्यका आईफोनहरूमा राख्नको लागि मनाउन प्रयास गरिरहेको छ।
एलजी अहिलेसम्म एप्पललाई मनाउन सफल नभएको तर नयाँ रिपोर्ट अनुसार एप्पलले सन् २०२८ आईफोनहरूमा ट्यान्डम ओएलईडी प्यानलहरू समावेश गर्न सक्ने (सम्भवतः आईफोन २० परिवार – वा एक्सएक्स) सम्भावना रहेको उल्लेख गरिएको छ।
एप्पलले अहिलेसम्म कुनै निर्णय नगरेको तर क्युपर्टिनो कम्पनीले भने यो प्रविधि छनौट गरोस् भन्ने एलजीले चाहेको जनाइएको छ। एलजी सन् २०२८ को आईफोनहरूको लागि डिस्प्लेको लागि एकमात्र आपूर्तिकर्ता हुनेछ वा यसको हिस्सा एप्पलको डिस्प्लेको अन्य मुख्य आपूर्तिकर्ता सामसङ डिस्प्लेको तुलनामा उल्लेखनीय रूपमा बढ्नेछ भनि थप उल्लेख गरिएको छ। एलजीसँग ट्यान्डम ओएलईडी क्षेत्रमा अमेरिकामा ३४८ पेटेन्टहरू रहेका छन्।
ट्यान्डम ओएलईडीहरूले एकअर्काको माथि दुई ओएलईडी तहहरू स्ट्याक गर्दछन् जसले गर्दा चमक सुधार हुने, डिस्प्लेको लाइफस्पान बढ्ने र कुनै न कुनै रूपमा प्रक्रियामा पावर इफिसियन्सी पनि सुधार हुने रिपोर्ट गरिएको छ।
अघिल्लो रिपोर्ट अनुसार, एप्पल यो विचारको लागि खुला रहेको तर आईफोनहरूको लागि सम्पूर्ण म्याट्रिक्स नभइ यो केवल ब्लू (नीलो) सबपिक्सेलको लागि दुई तहहरू स्ट्याक गर्न चाहेको जनाइएको छ। त्यसैले रातो र हरियो सबपिक्सेलहरू एउटै तहमा रहने थप उल्लेख गरिएको छ। उद्योगले यसलाई “सिम्प्लिफाइड ट्यान्डम” को रूपमा उल्लेख गर्दछ र यो नीलो सबपिक्सेलको गिरावटको लागि अधिक लागत–प्रभावी समाधान भएको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
प्रकाशित: १४ भाद्र २०८२, शनिबार