स्टारशिपको दशौं परीक्षण उडान अनिश्चित

  • Technology Khabar | ९ भाद्र २०८२, सोमबार
स्टारशिपको दशौं परीक्षण उडान अनिश्चित

काठमाडौं ।

अमेरिकाको निजी अन्तरिक्ष कम्पनी ‘स्पेसएक्स’ ले आफ्नो ‘स्टारशिप’ अन्तरिक्षयानको दशौं उडान परीक्षण प्राविधिक समस्या देखिएकाले स्थगित गरेको छ।

‘स्टारशिप’ एक अत्याधुनिक अन्तरिक्षयान हो, जसलाई अमेरिकी कम्पनी स्पेसएक्सले विकास गरेको हो। यो अन्तरिक्ष यान पूर्ण रूपमा पुनः प्रयोग गर्न मिल्ने प्रणाली हो र यसले चालक दल र सामान दुवैलाई पृथ्वीको कक्ष, चन्द्रमा, मङ्गल ग्रह र अन्य दूरदराजका स्थानमा पुर्याउन सक्छ।

यसको मुख्य उद्देश्य अन्तरिक्ष यात्रालाई सस्तो, द्रुत र धेरै पटक प्रयोग गर्न मिल्ने बनाउनु हो, जसले मानिसको अन्तरिक्ष अन्वेषणमा नयाँ युग आरम्भ गर्ने विश्वास गरिएको छ। उडान परीक्षण अमेरिकाको टेक्सास राज्यमा कम्पनीको स्टारबेस केन्द्रबाट साँझ निर्धारित गरिएको थियो। तर जमिनमा रहेको प्रणालीमा समस्या देखिएपछि कम्पनीले परीक्षण स्थगित गरेको जनाएको छ।

यस परीक्षणमा अघिल्लो उडानहरूसँग मिल्दोजुल्दो लक्ष्य राखिएको थियो, जसमा स्टारशिपको पहिलो वस्तु प्रेषण र विभिन्न पुनःप्रवेश परीक्षणहरू गरी अन्तरिक्ष यानको माथिल्लो भाग पुनः उडानस्थलमा फर्काएर समात्ने कार्य गरिन्थ्यो।

स्पेसएक्सको स्टारशिप अन्तरिक्षयान र सुपर हेभी प्रक्षेपण यन्त्र, दुवैलाई संयुक्त रूपमा स्टारशिप भनिन्छ, पूर्ण रूपमा पुनः प्रयोग गर्न सकिने यात्रा प्रणाली हो। यसले चालक दल र सामान दुवैलाई पृथ्वीको कक्ष, चन्द्रमा, मङ्गल ग्रह र अन्य दूरदराजका स्थानमा पुर्याउने उद्देश्य राखेको छ। रासस/सिन्ह्वा

प्रकाशित: ९ भाद्र २०८२, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Yango Ride introduces Free In-Ride insurance for drivers and passengers in Nepal

  • Technology Khabar
  • ९ भाद्र २०८२, सोमबार