एआईका कारण एक तिहाइ जर्मनहरूले जागिर गुमाउन सक्ने: सर्वेक्षण

  • Technology Khabar | ९ भाद्र २०८२, सोमबार
एआईका कारण एक तिहाइ जर्मनहरूले जागिर गुमाउन सक्ने: सर्वेक्षण

काठमाडौं ।

एक तिहाइ जर्मन बासिन्दाहरू आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को विकासका कारण आफ्नो जागिर गुमाउने डरको चिन्तामा रहेको सर्वेक्षणले देखाएको छ।

पोलिङ फर्म युगभद्वारा गरिएको अध्ययनले ३४ प्रतिशत उत्तरदाताहरू आफ्नो जागिरको स्थितिको बारेमा चिन्तित भएको र ६२ प्रतिशत भने नडराएको पत्ता लगाएको रिपोर्ट गरिएको छ।

अगस्टको मध्यमा गरिएको सर्वेक्षणमा कुल २,१७५ मान्य मतदाताहरूले भाग लिएको टेलिग्राफले रिपोर्ट गरेको छ।

नतिजाहरूले विभिन्न राजनीतिक दलका समर्थकहरू बीच कुनै उल्लेखनीय भिन्नता नदेखाएको तर शहरी क्षेत्रहरूमा बस्ने कामदारहरू र कम शिक्षा भएकाहरूलाई भविष्यमा एआईले प्रतिस्थापन गर्ने डर बढी हुने सम्भावना भएको उल्लेख गरिएको छ।

जुन महिनामा इफो इन्स्टिच्युट फर इकोनोमिक रिसर्चद्वारा प्रकाशित अर्को अध्ययनले लगभग २७ प्रतिशत जर्मन कम्पनीहरूले एआईका कारण पाँच वर्ष भित्र जागिर गुमाउने अपेक्षा गर्छन् भन्ने तथ्य देखाएको छ।

त्यसैगरी केवल ५ प्रतिशत कम्पनीहरूले नयाँ रोजगारी सिर्जना हुने अपेक्षा गररेका छन् भने दुई तिहाइले कुनै परिवर्तनको आशा नगरेको जनाइएको छ।

नोभेम्बर २०२२ मा अमेरिकी कम्पनी ओपनएआईद्वारा ठूलो च्याटजीपीटी ल्याङ्गवेज मोडेलको आगमन पछि एआई मोडेलहरूको विकासमा उल्लेखनीय प्रगति भएको छ।

मोडेलहरूको यो नयाँ लहरले टेक्स्ट, ईमेजहरू, अडियो र भिडियो एकैसाथ प्रोसेस गर्ने दक्षता र क्षमतामा सुधार गरेको छ।

प्रकाशित: ९ भाद्र २०८२, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...