टर्कीले ‘नेक्स्ट सोस्याल’ नामक आफ्नै सामाजिक सञ्जाल एप बनायो

  • Technology Khabar | ६ भाद्र २०८२, शुक्रबार
टर्कीले ‘नेक्स्ट सोस्याल’ नामक आफ्नै सामाजिक सञ्जाल एप बनायो

काठमाडौं ।

टर्कीले ‘नेक्स्ट सोस्याल’ नामक आफ्नै सामाजिक सञ्जाल एप बनाएको छ। टर्कीका राष्ट्रपति रेसेप तायप एर्दोआनले टर्कीको सामाजिक सञ्जाल एप ‘नेक्स्ट सोस्याल’ मा आफ्नो पहिलो पोस्ट प्रकाशित गरेका छन्।

राष्ट्रपति एर्दोआनले एर्डेम बायजिटको कविता “द ल्याण्ड ह्याज ब्लोजम्ड बिटुइन कंक्रिट वाल्स” बाट एक पङ्क्ति उद्धृत गरेको रिपोर्ट गरिएको छ।
राष्ट्रपति एर्दोआनको पोस्टमा टर्कीको झण्डा, पृथ्वी र रकेटको इमोजीहरू सहित “वि आर स्टार्टिङ्ग” ह्यासट्याग पनि समावेश रहेको छ।

यो एपले प्रयोगकर्ताहरूलाई प्रविधि, जीवनशैली र वर्तमान घटनाहरूका बारेमा अद्यावधिकहरू प्रदान गर्दछ। साथै यसले टर्कीको रक्षा कम्पनी बायकरसँगको सहकार्यमा टी३ फाउन्डेसनद्वारा विकसित गरिएको कृत्रिम बुद्धिमत्ता मोडेल प्रस्तुत गर्दछ।

त्यसैगरी प्लेटफर्मले पहिले नै दस लाख प्रयोगकर्ताहरू पार गरिसकेको टेलीग्राफले रिपोर्ट गरेको छ।

जुलाई २३ मा लन्च गरिएको यो एपले प्रयोगकर्ताहरूलाई विज्ञापन, सेन्सरशिप र एल्गोरिदम बिना क्रबद्ध रुपमा कन्टेण्ट (सामग्री) प्रदान गर्दै टेक्स्ट, फोटो, भिडियो र पोलहरू साझेदारी गर्न अनुमति दिनेछ। यसले बहुभाषी अन्तरक्रिया र द्रुत जवाफहरूलाई पनि समर्थन गर्ने बताइएको छ।

नेक्स्ट सोस्यालले टर्कीको लागि अद्वितीय अवसरहरू प्रदान गरेको र यसले सबै उमेरका प्रयोगकर्ताहरूलाई प्रभाव, हेरफेर, गलत जानकारी र अपमानबाट मुक्त प्लेटफर्ममा आफ्ना विचार र भावनाहरू व्यक्त गर्न अनुमति दिएको टेलीग्राफले रिपोर्ट गरेको छ।

प्रकाशित: ६ भाद्र २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

‘Narrative war’: disinformation surges as conflict roils Middle East

  • Technology Khabar
  • ६ भाद्र २०८२, शुक्रबार