टेक्ससमा मेटा एआई स्टुडियो र क्यारेक्टर.एआई दुवैमाथि अनुसन्धान सुरु

Technology Khabar ३ भाद्र २०८२, मंगलवार

काठमाडौं ।

टेक्सासका न्यायाधीश केन प्याक्सटनले मेटा एआई स्टुडियो र क्यारेक्टर.एआई दुवैमाथि अनुसन्धान सुरु गरेका छन्। उनीहरूले “भ्रामक व्यापारिक अभ्यासमा संलग्न भएको र मानसिक स्वास्थ्य उपकरणको रूपमा भ्रामक रूपमा प्रचार गरेको” शंका गरिएको सोमबार जारी गरिएको प्रेस विज्ञप्तिमा जनाइएको छ।

“आजको डिजिटल युगमा हामीले टेक्सासका बालबालिकालाई धोकेबाज र शोषणकारी प्रविधिबाट जोगाउन निरन्तर लड्नुपर्छ,” प्याक्सटनलाई उद्धृत गर्दै भनिएको छ। “भावनात्मक सहयोगको स्रोतको रूपमा प्रस्तुत भई, एआई प्लेटफर्महरूले कमजोर प्रयोगकर्ताहरू, विशेषगरी बालबालिकालाई उनीहरूले वास्तविक मानसिक स्वास्थ्य सेवा प्राप्त गरिरहेका छन् भन्ने विश्वास गराएर भ्रममा पार्न सक्छन्। वास्तवमा, तिनीहरूलाई व्यक्तिगत तथ्यांक संकलनसँग मेल खाने गरी तयार गरिएका सामान्य जवाफहरू मात्र दिइन्छ, जसलाई उपचार सल्लाहजस्तै देखाइन्छ।”

टेक्रक्रञ्चका अनुसार यो अनुसन्धान सिनेटर जोश हावलीले मेटामाथि अनुसन्धान सुरु गरेको केही दिनपछि आएको हो। सो अनुसन्धान मेटाका एआई च्याटबोटहरूले बालबालिकासँग अनुचित अन्तरक्रिया गरेको, फ्लर्ट गरेकोजस्ता घटनाको रिपोर्टपछि सुरु भएको हो। टेक्सासका न्यायाधीशको कार्यालयले मेटा र क्यारेक्टर.एआईले उचित चिकित्सा प्रमाणपत्र वा नियमनबिनै “व्यावसायिक उपचार उपकरण” जस्तो देखिने एआई पर्सोना सिर्जना गरेको आरोप लगाएको छ।

क्यारेक्टर.एआईमा उपलब्ध करोडौं एआई पर्सोनामध्ये “साइकोलोजिस्ट” नामक प्रयोगकर्ताद्वारा बनाइएको बोट युवा प्रयोगकर्ताबीच उच्च मागमा रहेको बताइएको छ। त्यस्तै, मेटाले बच्चाहरूका लागि उपचार बोट उपलब्ध गराएको छैन तर मेटाको एआई च्याटबोट वा तेस्रो पक्षले बनाएका पर्सोना बालबालिकाले उपचार प्रयोजनका लागि प्रयोग गर्न नरोकेको जनाइएको छ।

“हामीले एआईलाई स्पष्ट रूपमा लेबल गरेका छौं, र सीमितताबारे बुझाउन अस्वीकरण राखेका छौं कि यी जवाफहरू मानिसबाट होइन, एआईबाट आएको हो,” मेटाका प्रवक्त्ता रायन ड्यानियल्सले टेकक्रन्चलाई भने। “यी एआई पेशेवर होइनन् र आवश्यक परेमा प्रयोगकर्तालाई योग्य स्वास्थ्य वा सुरक्षा विशेषज्ञकहाँ जान सल्लाह दिन डिजाइन गरिएको हो।”

प्रकाशित: ३ भाद्र २०८२, मंगलवार

तपाइको प्रतिक्रिया