चीनको लेनोभो समूहले साउदी अरेबियामा क्षेत्रीय मुख्यालय स्थापना गर्ने

  • Technology Khabar | ३ भाद्र २०८२, मंगलवार
चीनको लेनोभो समूहले साउदी अरेबियामा क्षेत्रीय मुख्यालय स्थापना गर्ने

काठमाडौं ।

चीनको लेनोभो समूहले मङ्गलबार साउदी अरेबियामा क्षेत्रीय मुख्यालय स्थापना गर्ने योजना सार्वजनिक गरेको छ। समूहले मध्यपूर्वमा आफ्नो उपस्थितिलाई मजबुत बनाउने लक्ष्य राखेर यो निर्णय गरेको बझिएको छ।

चिनियाँ पीसी निर्माता कम्पनीले विज्ञप्तिमा जनाएको अनुसार लेनोभोका पुराना कर्मचारी लरेन्स यूलाई साउदी अरेबियामा नयाँ मुख्यालय प्रमुख नियुक्त गरिएको छ। त्यस्तै, जियोभानी डी फिलिप्पोलाई लेनोभो साउदी अरेबियाको महाप्रबन्धक र जोरान राडुमिलोलाई कम्पनीको प्राविधिक प्रमुख नियुक्त गरिएको छ।

लेनोभोले स्थानीय कम्पनीसँग साझेदारीमा उत्पादन कारखाना स्थापना गर्ने योजना पनि बनाएको छ, जहाँ २०२६ देखि पीसी, ल्यापटप, स्मार्टफोन र सर्वर उत्पादन हुने अपेक्षा गरिएको रोयटर्सले उल्लेख गरेको छ।

लेनोभोका सीईओ याङ युआनकिङले गत हप्ता कम्पनीले आफ्ना तीन प्रमुख व्यवसायिक क्षेत्रमा एआईको बलियो माग देखेको बताएका थिए जसमा चीनमा एआई पूर्वाधारको माग विश्वका अन्य मुलुकभन्दा अगाडि रहेको उल्लेख थियो।

 

प्रकाशित: ३ भाद्र २०८२, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

डिजिटल रूपान्तरणमा चीनको बढ्दो प्रभाव

  • Technology Khabar
  • ३ भाद्र २०८२, मंगलवार