Technology Khabar १ भाद्र २०८२, आईतवार
काठमाडौं ।
रुसले आफ्नो भेनेरा–डी अन्तरग्रहीय मिसनमार्फत सन् २०३६ भन्दा अघि शुक्र ग्रहलाई पुनः भ्रमण गर्ने योजना बनाएको छ। यसका लागि तयारी कार्यहरू सुरु भइसकेको स्थानीय मिडियाले आइतबार जनाएको छ।
यो परियोजना अब देशको नयाँ राष्ट्रिय अन्तरिक्ष कार्यक्रमको हिस्सा हो । स्पेस रिसर्च इन्स्टिच्युट (आइकेआई) का ग्रह भौतिक विज्ञान विभाग प्रमुख ओलेग कोराबलेभका अनुसार प्रारम्भिक डिजाइन कार्य सन् २०२६ जनवरीबाट सुरु हुनेछ।
मस्यौदा डिजाइन चरण पूरा गर्न करिब दुई वर्ष लाग्ने अनुमान गरिएको छ । यस अवधिमा विभिन्न समन्वय बैठकहरू हुने र लाभोच्किन एसोसिएसनसहित रूसी अन्तरिक्ष उद्योगका अन्य संस्थासँग सहकार्य गरेर प्रगतिलाई अघि बढाइने उनले बताए।
कोराबलेभका अनुसार डिजाइन चरण सकिएपछि प्रक्षेपणको मिति निर्धारण गरिनेछ। उनले भने, “तर यो निश्चय नै हालको योजना अवधिभित्र हुनेछ, सन् २०३६ भन्दा पछि होइन।”
भेनेरा–डी मिसनमा ल्यान्डर, बेलुन प्रोब र कक्षीय अन्तरिक्ष यान रहनेछ । यस वर्षको सुरुआतमा आइकेआईका वैज्ञानिक निर्देशक लेभ जेलेनीले पनि यो मिसन सन् २०३४ वा सन् २०३५ अघि प्रक्षेपण हुने सम्भावना कम रहेको बताएका थिए। रासस/सिन्ह्वा
प्रकाशित: १ भाद्र २०८२, आईतवार