च्याटजीपीटीका साप्ताहिक सक्रिय प्रयोगकर्ता ७० करोड पुगे

  • Technology Khabar | २ भाद्र २०८२, सोमबार
च्याटजीपीटीका साप्ताहिक सक्रिय प्रयोगकर्ता ७० करोड पुगे

काठमाडौं ।

आर्टिफिसियल इन्टेलिजेन्स प्लेटफर्म च्याटजीपीटीले ७० करोड साप्ताहिक सक्रिय प्रयोगकर्ताहरूसहित नयाँ रेकर्ड बनाएको छ। हालको यो प्रयोगकर्ताहरूको संख्या एक वर्ष अघिको भन्दा चार गुणा बढी भएको बताइएको छ।

प्रयोगकर्ताहरूले प्रति दिन औसत १६ मिनेट प्रति दिन २.५ अर्ब भन्दा बढी अनुरोधहरू पठाउने गरेका छन् जसले च्याटजीपीटीलाई कृत्रिम बुद्धिमत्ताको क्षेत्रमा विश्वव्यापी रूपमा सबैभन्दा धेरै प्रयोग हुने सेवाहरू मध्ये एक बनाउने सहयोग गरेको रिपोर्ट गरिएको छ।

यद्यपि, ओपनएआई कम्पनीले अझै पनि कमाई भन्दा बढी खर्च गर्ने गरेको र सन् २०२९ अघि नाफा हुने अपेक्षा नगरिएको टेलीग्राफले रिपोर्ट गरेको छ।

त्यसैगरी आम्दनी बढाउने तरिकाको रूपमा, ओपनएआईले प्लेटफर्ममा विज्ञापनहरू एकीकृत गर्ने सम्भावनालाई अस्वीकार नगरेको र तिनीहरूलाई प्रयोगकर्ताहरूको लागि “विचारशील र चाखलाग्दो” बनाउने प्रयास गरिरहेको खुलासा हुन आएको छ।

च्याटजीपीटीको प्रसिद्ध प्रतिस्पर्धी मानिएको इलन मस्कको स्वामित्वमा रहेको एक्सएआईले पनि आफ्नो ग्रोक च्याटबोटको प्रतिक्रियाहरूमा विज्ञापनहरू एकीकृत गर्ने योजना बनाएको उल्लेख गरिएको छ।

प्रकाशित: २ भाद्र २०८२, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार