आईफोन १७ प्रोको सिम कार्ड स्लट लीक तस्बिरहरूमा देखा परे

  • Technology Khabar | १ भाद्र २०८२, आईतवार
आईफोन १७ प्रोको सिम कार्ड स्लट लीक तस्बिरहरूमा देखा परे

काठमाडौं ।

आईफोन १७ प्रो र प्रो म्याक्सले विश्वव्यापी स्तरमा सिम कार्ड स्लट पूर्ण रूपमा हटाउने हल्ला चलेको अवस्थामा यो दावीको खण्डन गर्ने एउटा नयाँ हल्ला आएको छ।

एक टिपस्टरले एक्समा साझा गरेको तस्बिरहरूले आईफोन १७ प्रोको सिम कार्ड स्लट देखाएको छ। त्यसैले कम्तिमा केही बजारहरूका लागि भनेर प्रो र प्रो म्याक्समा निश्चित रूपमा अझै पनि भौतिक सिम कार्ड स्लट हुने जीएसएमएरिनाले उल्लेख गरेको छ।

त्यसैगरी आईफोन १७ प्रो अब २५६जीबी स्टोरेजबाट सुरु हुने बताइएको छ भने राम्रो र अधिक भरपर्दो रिसेप्सनको लागि रिपोजिसन गरिएको एन्टेना समावेस गर्ने अफवाह पनि रहेको छ। साथै यस डिभाइसको लामो समयदेखि अफवाहमा रहेको रिडिजाइन गरिएको क्यामरा आइल्याण्डको हालै केस निर्माता डीब्राण्डले पुष्टि गरेको छ।

आईफोन १७ परिवार सेप्टेम्बर ९ मा आधिकारिक रुपमा लन्च हुने अपेक्षा गरिएको छ।

प्रकाशित: १ भाद्र २०८२, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Yango Ride introduces Free In-Ride insurance for drivers and passengers in Nepal

  • Technology Khabar
  • १ भाद्र २०८२, आईतवार