अर्को इन्ट्री–लेभल आईप्याडले एप्पल इन्टेलिजेन्सलाई समर्थन गर्ने

Technology Khabar १ भाद्र २०८२, आईतवार

काठमाडौं ।

गत मार्चमा आफ्नो पछिल्लो बायोनिक चिपसहितको इन्ट्री–लेभल आईप्याड ए१६ लन्च गरेको एप्पलले यसको उत्तराधिकारीमा पहिलेदेखि नै काम गरिरहेको रिपोर्टहरूले खुलासा गरेको छ।

कम्पनीको यो अर्को पुस्ताको सस्तो आईप्याडमा ए१८ चिप रहेको खुलासा भएको छ। साथै आईफोन १६, आईफोन १६ प्लस र आईफोन १६ई भित्र पनि ए१८ चिप नै रहेको उल्लेख गरिएको छ।

यो जानकारी एप्पलले गल्तिले खुलासा गरेको कोड रिफ्रेन्सहरूबाट आएको हुनाले यो आधिकारिक भएको बताइएको छ। यद्यपि यो जानकारीको बारेमा कहिल्यै पनि यति चाँडै सार्वजनिक गर्ने उद्देश्य नभएको जीएसएमएरिनाले रिपोर्ट गरको छ।

ए१८ चिपको प्रयोग गर्नाले अर्को एन्ट्री–लेभल आईप्याडलाई एप्पल इन्टेलिजेन्स सुविधाहरूलाई समर्थन गर्ने क्षमता दिनेछ। साथै यो सस्तो आईप्याडको मुख्य बिक्री कारकहरू मध्ये एक हुनेछ भने यो आईप्याड अर्को वर्षको वसन्तमा आउने हल्ला रहेको छ।

यस आईप्याडले सम्भवतः नयाँ र राम्रो चिप मात्र समावेश गर्दै आफ्नो पूर्ववर्तीको जस्तै डिजाइन कायम राख्ने अनुमान गरिएको छ। हालको पुस्ताको इन्ट्री–लेभल आईप्याडको मूल्य ३४९ अमेरिकी डलर बाट सुरु हुन्छ। आगामी मोडेलले यो मूल्य निर्धारण कायम राख्नेछ कि छैन भन्ने स्पष्ट नभएको उल्लेख गरिएको छ।

प्रकाशित: १ भाद्र २०८२, आईतवार

तपाइको प्रतिक्रिया