इनड्राइभको “राइड मोर, विन मोर” योजना, १० वटा ईभी स्कुटर र ३० वटा स्मार्टवाच जित्ने मौका

  • Technology Khabar | ३० श्रावण २०८२, शुक्रबार
इनड्राइभको “राइड मोर, विन मोर” योजना, १० वटा ईभी स्कुटर र ३० वटा स्मार्टवाच जित्ने मौका

काठमाडौं ।

विश्वव्यापी मोबिलिटी तथा अर्वान सर्भिस प्लेटफर्म इनड्राइभले यात्रुहरूका लागि रोमाञ्चक अफर “राइड मोर, विन मोर” योजना ल्याएको छ। यस विशेष अफर अन्तर्गत, प्रयोगकर्ताले इनड्राइभ एप प्रयोग गरी राइड बुक गरेर आकर्षक पुरस्कार जित्ने सुनौलो अवसर प्राप्त गर्न सक्नेछन्।

साउन २७ गतेदेखि भदौ १४ गते (अगस्ट १२ देखि अगस्ट ३०, २०२५) सम्म सञ्चालन हुने यो विशेष योजनाले यात्रुहरूका लागि उत्साहजनक पुरस्कार जित्ने असीमित मौकाहरू प्रदान गर्दछ।

  • ३ वटा राइड– १ टिकट

(नो लिमिट–जति धेरै राइड त्यति नै धेरै जित्ने मौका र अवसर)

पुरस्कारहरूः

  • १० ओटा याडिया ई८एस प्रो इलेक्ट्रिक स्कूटर
  • ३० ओटा अल्टिमा वाच सर्कल स्मार्टवाच

इनड्राइभ नेपालका कन्ट्री रेप्रिजेन्टेटिभ रीता पोखरेलले भनिन्, ‘इनड्राइभमा, हामी सधैं प्रयोगकर्तालाई आफ्नो चालक आफैं छनोट गर्ने र प्रत्येक सवारीका लागि उचित मूल्य निर्धारण गर्ने स्वतन्त्रता प्रदान गर्छौं। यही हाम्रो प्लेटफर्मको विशेषता हो—स्वतन्त्रता, निष्पक्षता र पारदर्शिता। ‘राइड मोर, विन मोर’ हाम्रो प्रिय प्रयोगकर्ताहरूले हामीमाथि देखाएको विश्वासको लागि धन्यवाद दिने एक विशेष पहल हो। यो योजना मार्फत नयाँ प्रयोगकर्तालाई पनि हाम्रो सेवाबाट प्राप्त हुने स्वतन्त्रताको अनुभव गर्न आमन्त्रण गर्दछौ। जति धेरै राइड, त्यति नै जित्ने मौका र अवसर हुनेछ।

यो रोमाञ्चक योजना सबै प्रयोगकर्ताहरूका लागि खुला गरिएको छ। सहभागी हुनको लागि, प्रतियोगिता अवधिभर इनड्राइभ एप मार्फत आफ्नो राइड बुक गर्न सकिने कम्पनीले जनाएको छ।

योजना सम्पन्न भएपछि लक्की ड्र मार्फत योजनामा सहभागी भएकाहरुमध्येका विजेताहरूको नाम भदौ २० गते (सेप्टेम्बर ५, २०२५) इनड्राइभको आधिकारिक फेसबुक, इन्स्टाग्राम र टिकटक पेजहरू मार्फत सार्वजनिक गरिनेछ।

प्रकाशित: ३० श्रावण २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...