सामसङको पहिलो स्मार्ट ग्लास अर्को वर्ष आउने

Technology Khabar ३० श्रावण २०८२, शुक्रबार

काठमाडौं ।

दक्षिण कोरियाको एक नयाँ रिपोर्टले सामसङको पहिलो स्मार्ट ग्लासेस सन् २०२६ को उत्तरार्धमा अनावरण गरिने दाबी गरेको छ। सामसङले पहिले नै प्रोजेक्ट मुहान भनिने आफ्नो पहिलो एक्सआर (एक्सटेण्डेड रियालिटी) हेडसेट अनावरण गरिसकेको छ भने कम्पनीले आम बजारको लागि थप सरलीकृत एआई ग्लासेसमा पनि काम गरिरहेको बताइएको छ।

सामसङको पहिलो स्मार्ट ग्लासेसको डिजाइन रे–ब्यान मेटा ग्लासेससँग मिल्दोजुल्दो भएको र डिभाइसमा बिल्ट–इन माइक्रोफोन, स्पिकर र क्यामरा समावेश गरिएको नयाँ रिपोर्टले उल्लेख गरेको छ। ग्लासेसमा प्रयोगकर्तालाई कल गर्न, टेक्स्ट पठाउन, कन्टेण्ट खिच्न र मिडिया प्लेब्याक नियन्त्रण गर्न अनुमति दिने एआई सहायकको साथ आउने उल्लेख गरिएको छ।

सामसङले एआई ग्लासेस बजारमा आफ्नो नाम स्थापित गर्ने लक्ष्य राखेको बताइएको छ र यो प्रोडक्ट क्याटेगरीले उपभोक्ता इलेक्ट्रोनिक्स ग्याजेट संसारमा स्मार्टफोनहरू पछिको अर्को सफल प्रोडक्ट हुने विश्वास व्यक्त गरेको छ।

सामसङको एआई ग्लासेसको योजनाको बारेमा हामीले सुनेको यो पहिलो पटक भने होइन। यस वर्षको सुरुमा आएको एक रिपोर्टले सामसङले प्रोजेक्ट हेन र प्रोजेक्ट जिन्जु भनिने दुई जोडी एआई ग्लासेसमा आन्तरिक रूपमा काम गरिरहेको सुझाव दिएको थियो। साथै उक्त दुई एआई ग्लासेसहरू प्रोजेक्ट मुहान हेडसेटसँगै लन्च हुने हल्ला रहेको जीएसएमएरिनाले रिपोर्ट गरको छ।

प्रकाशित: ३० श्रावण २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया