एप्पल म्याप्समा नयाँ सुविधा उपलब्ध

  • Technology Khabar | ३० श्रावण २०८२, शुक्रबार
एप्पल म्याप्समा नयाँ सुविधा उपलब्ध

काठमाडौं ।

आईओएस २६ बिटाले एप्पल म्याप्समा धेरै नयाँ सुविधाहरू ल्याएको छ। यस सुविधाले सामान्य रुट (बाटो)हरू सिक्ने छ भने एपमा उपलब्ध अर्को नयाँ सुविधा बिटा संस्करणमा देखा परेको छ।

एप्पल म्याप्सले प्राप्त गरेको यो “सर्च द वे टक” सुविधा एप स्टोर, म्युजिक, फोटोज र टिभी जस्ता अन्य एपहरूमा भने पहिले नै उपलब्ध हुँदै आएको छ। उदाहरणका लागि, आईओएस १८ मा एप्पल इन्टेलिजेन्सको रिलीज पछि फोटो एपमा यो सुविधा रहेको छ।

कृत्रिम बुद्धिमत्तामा आधारित यो सर्च मोडमा किवर्डहरू प्रयोग गर्नुको सट्टा कुराकानीको क्रममा कसैसँग बोलेको जस्तै गरी स्वाभाविक रूपमा बोल्न सकिने छ।

एप्पल म्याप्समा कुनै ठाउँ खोज्दा, यसलाई अब आफ्नो साथीलाई व्याख्या गरे जस्तो तरिकाले वर्णन सकिने छ। एप्पलले आधिकारिक रूपमा एप्पल म्याप्सको लागि यो सुविधा घोषणा गरेको छैन। तर आईओएस २६ बिटा प्रयोग गर्नेहरूले विकासकर्ता बिटा ५ अपडेटमा यो प्राप्त गरेको हुन सक्ने उल्लेख गरिएको छ।

उदाहरणका लागि, “सर्च एज यु स्पिक” सुविधाको साथ, “रेष्टुरेण्ट ड्याट आर ओपन लेट” टाइप गर्नु वा भन्नुको सट्टा “सो मि सम हाईली रेटेड इटायिन रेष्टुरेण्ट ड्याट ह्याभ ए पाचियो एण्ड आर ओपन आफ्टर १०ः०० पीएम” भनेर खोजी गर्न सकिने छ।

मुख्य कुरा भनेको नयाँ सुविधाले एप्पल म्याप्सका प्रश्नहरू बोलीमा भनिने सैलिमा जस्तै सोध्न अनुमति दिनेछ र खोजिएको उत्तर प्राप्त गर्न अतिरिक्त फिल्टरहरू प्रयोग नगर्ने थप उल्लेख गरिएको छ।

यो सुविधा पहिले नै एपमा देखा पर्दा पनि कुनै कारणले गर्दा एप्पलले यो नयाँ सुविधालाई प्रवद्र्धन नगरेको टेलीग्राफले रिपोर्ट गरको छ।

प्रकाशित: ३० श्रावण २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार