अफलाईन फस्ट “भर्चुअल पात्रो” नेपाली क्यालेन्डर एप बजारमा

  • Technology Khabar | २८ श्रावण २०८२, बुधबार
अफलाईन फस्ट “भर्चुअल पात्रो” नेपाली क्यालेन्डर एप बजारमा

काठमाडौं ।

विगत ३ वर्षको अध्यन तथा अनुसन्धान गरी नेपाली टेक कम्पनी भर्चुअल टेक्नोलोजी प्रा ली ले बजारमा अफलाईन फस्ट नेपाली क्यालेन्डर एप भर्चुअल पात्रो सञ्चालनमा ल्याएको छ।

सूर्य सिद्धान्तका आधारमा डेभलप भएको पात्रो विश्व बजारमा छरिएर रहेका नेपाली तथा विदेशी माझ अफलाईन फस्ट पात्रो आईओएस, एन्ड्रोइड र वेबको माध्यमबाट प्रयोगकर्ताले प्रयोग गर्न सक्ने कम्पनीका संस्थापक/सञ्चालक प्रकाश पौडेलले बताए।

यो भर्चुअल पात्रोमा प्रयोगकर्ताको सहजता र अन्य पात्रोहरुको तुलनामा एप साइज कम, बेटर यूआई/यूएक्स, तिथिमिति, चाडपर्व बिदा, नेपाल संवत बेला, मुर्हुत पञ्चाङ्ग कर्मकाण्ड, मिति रुपान्तरण, विदेशी विनिमय दर, पात्रो विजेट तथा पञ्डित सेवा उपलब्ध भएको र आगामी दिनहरुमा प्रयोगकर्ताको सल्लाह र सुझाबलाई लिएर अगाडि बढ्ने कम्पनीले जनाएको छ।

प्रकाशित: २८ श्रावण २०८२, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Karvika Thapa to speak at Harvard University on AI, startups, and Nepal’s economic transformation

  • Technology Khabar
  • २८ श्रावण २०८२, बुधबार