Technology Khabar २९ श्रावण २०८२, बिहीबार
काठमाडौं ।
ओपनएआईको नयाँ च्याटजीपीटी–५ मोडेलले जीपीटी–४ओले भन्दा कम भ्रम सिर्जना गर्ने खुलासा भएको छ। ओपनएआईको नयाँ च्याटजीपीटी–५ मोडेल अघिल्लो संस्करणहरू भन्दा “हलुसिनेसन” (भ्रम) –गलत जानकारीको आविष्कार– को लागि कम जोखिम भएको भेक्टाराको हालैका परीक्षणहरूले देखाएको उल्लेख गरिएको छ।
परिणामस्वरुप च्याटजीपीटी–५ को “आधारित भ्रम दर” १.४ प्रतिशत रहेको बताइएको छ जुन जीपीटी–४ओ (१.४९ प्रतिशत) र जीपीटी–४ (१.८ प्रतिशत) भन्दा राम्रो भएको टेलिग्राफले रिपोर्ट गरेको छ।
त्यसैगरी त्यहाँ अझ कम त्रुटि दरहरू भएका मोडेलहरू छन्ः ओ३–मिनी हाई रिजनिङले केवल ०.७९५ प्रतिशत रेकर्ड गरेको छ भने जीपीटी–४.५ प्रिभ्यु १.२ प्रतिशतमा रहेको छ।
अर्कोतर्फ एक्सएआईको प्रतिस्पर्धी ग्रोक–४ ले ४.८ प्रतिशतसम्म भ्रम सिर्जना गर्ने बढी जोखिम भएको पत्ता लागेको उल्लेख गरिएको छ।
च्याटजीपीटी–५ प्राविधिक रूपमा बढी उन्नत भए पनि केही प्रयोगकर्ताहरूले नयाँ मोडेल “कोल्डर”, कम रचनात्मक र जीपीटी–४ओ को तुलनामा छोटो उत्तर दिने गुनासो गरेका छन्।
ओपनएआईका सीईओ साम अल्टम्यानले कम्पनीले चेतावनी बिना पुराना मोडेलहरू हटाएर गल्ती गरेको स्वीकार गर्दै जीपीटी–४ओ लाई अस्थायी रूपमा फेरि उपलब्ध गराइने घोषणा गरेको बताइएको छ।
उनले थप जटिल कार्यहरूको लागि “थिङ्किङ मोड” र संस्करणहरू बीच राम्रो स्वचालित स्विचिङ्ग सहित नयाँ सुधारहरू ल्याउने वाचा पनि गरेको उल्लेख गएिको छ।
उच्च स्तरको भ्रमको जोखिम भएको ग्रोक–४ लाई यसको “स्पाइसी” मोडको आलोचना गरिएको छ जसले कथित रूपमा बिल्ट–इन फिल्टरहरूको बावजुद अनुपयुक्त सामग्री र नक्कली सामग्री उत्पन्न गरेको टेलीग्राफले रिपोर्ट गरेको छ।
प्रकाशित: २९ श्रावण २०८२, बिहीबार