च्याटजीपीटीपछि अब एन्थ्रोपिकले पनि अमेरिकी सरकारलाई १ डलरमा एआई सुविधा उपलब्ध गराउन तयार

  • Technology Khabar | २८ श्रावण २०८२, बुधबार
च्याटजीपीटीपछि अब एन्थ्रोपिकले पनि अमेरिकी सरकारलाई १ डलरमा एआई सुविधा उपलब्ध गराउन तयार

काठमाडौं ।

अमेजन डट कमद्वारा समर्थित एन्थ्रोपिकले मंगलबार आफ्नो ‘क्लाड’ एआई मोडेल अमेरिकी सरकारलाई १ डलरमा उपलब्ध गराउने घोषणा गरेको छ। संघीय ठेक्का जित्ने उद्देश्यले आकर्षक प्रस्ताव दिने एआई स्टार्टअपहरूको सूचीमा यो पनि थपिएको रोयटर्सले जनाएको छ।

यो घोषणा केही दिनअघि मात्र ओपनएआईको ‘च्याटजीपीटी’, गुगलको ‘जेमिनी’ र एन्थ्रोपिकको ‘क्लाउड’ अमेरिकी सरकारले स्वीकृत एआई बिक्रेताको सूचीमा समावेश गरेपछि आएको हो। “अमेरिकाको एआई नेतृत्वका लागि हाम्रो सरकारी संस्थाहरूसँग सबैभन्दा सक्षम र सुरक्षित एआई उपकरणहरूको पहुँच हुनु आवश्यक छ,” एन्थ्रोपिकका सीईओ डारियो अमोडेईले भने।

प्रतिस्पर्धी ओपनएआईले गत हप्तामात्रै यस्तै प्रस्ताव गरेको थियो, जसअन्तर्गत सहभागी अमेरिकी संघीय एजेन्सीहरूलाई ‘च्याटजीपीटी इन्टरप्राइज’ आगामी एक वर्षका लागि प्रति एजेन्सी १ डलरमा उपलब्ध गराइने भनिएको थियो।

प्रकाशित: २८ श्रावण २०८२, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...