आईफोन १७ एयरमा प्रयोग गरिने चिपसेटको खुलासा

Technology Khabar २९ श्रावण २०८२, बिहीबार

काठमाडौं ।

एप्पलको आईफोन १७ सेप्टेम्बर ९ मा सार्वजनिक हुने आकलन छ। यसैबीच एप्पलको रोस्टरमा आईफोन १७ एयरले आईफोन १६ प्लसलाई प्रतिस्थापन गर्ने अनगिन्ती हल्लाहरू आएका छन्। आईफोन १६ प्लसको कमजोर बिक्री प्रदर्शन पछि कम्पनीले यसको सट्टा आईफोन १७ एयर ल्याउन लागेको बताइएको छ।

हाल सम्मका लागि आईफोन १७ एयरमा प्रो एसओसी हुनेछ वा अन्य कुन चिपसेट हुनेछ भन्ने बारेमा भने रहस्य नै रहेको छ। एप्पलको प्रो आईफोनहरूले स्पष्ट रूपमा प्रो चिपसेट प्रयोग गर्ने रिपोर्ट गरिएको छ। तर एयर र प्रोबीच भिन्नता भएको हुनाले यसमा भेनिला आईफोन १७ को जस्तै चिप हुने भन्ने अनुमान पनि गरिएको छ।

यसै क्रममा अब चीनबाट बाहिरिएको नयाँ हल्लाले यी सबै अफवाहहरुलाई अस्वीकार गर्दै एयरले वास्तवमा ए१९ प्रो एसओसी प्रयोग गर्ने खुलासा गरेको छ।

आईफोन १७ एयरमा प्रयोग गरिने ए१९ प्रो एसओसी भने आईफोन १७ प्रो र आईफोन १७ प्रो म्याक्समा फिचर हुने ए१९ प्रो चिप जस्तो ठ्याक्कै उस्तै हुने छैन।

यसको सट्टा, एयरको संस्करणमा एउटा कम कोरको साथ कम जीपीयू हुनेछ। त्यसैले आईफोन १७ प्रो र प्रो म्याक्सको ए१९ प्रो ६ ओटा जीपीयू कोरसहित आउनेछन् भने आईफोन १७ एयरमा केवल पाँच ओटा मात्र जीपीयू कोर हुनेछन्।

आईफोन १७ एयरको स्क्रिन पनि आईफोन १७ प्रोको स्तरमा नहुने स्रोतले बताएको छ। आईफोन १७ एयर अब ५.६५ एमएम देखि ५.७ एमएम बाक्लो हुने हल्ला पनि चलिरहेको छ।

यस अघि जुलाई महिनामा आएको अघिल्लो हल्लाले आईफोन १७ एयरमा आईफोन १७ जस्तै ए१९ चिप हुने दावी गरेको थियो। त्यसैले यी अफवाहहरुमा कुन सही छ भनेर अहिले नै निश्चित हुन नसकिने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

प्रकाशित: २९ श्रावण २०८२, बिहीबार

तपाइको प्रतिक्रिया