एप्पलको अर्को म्याकबुक प्रोमा ओएलईडी र डाइनामिक आइल्याण्ड हुने

  • Technology Khabar | २६ श्रावण २०८२, सोमबार
एप्पलको अर्को म्याकबुक प्रोमा ओएलईडी र डाइनामिक आइल्याण्ड हुने

काठमाडौं ।

एप्पलले अर्को पुस्ताको म्याकबुक प्रोमा ओएलईडी डिस्प्ले समावेश गर्न सक्ने सम्भावन रहेको छ। एप्पलले आफ्नो म्याकबुक प्रो लाइनअपको महत्वपूर्ण रिडिजाइनको लागि तयारी गरिरहेको र भविष्यको मोडेलले उल्लेखनीय अपडेट पाउने अफवाहहरू रहेका छन्।

आगामी एप्पल म्याकबुक प्रोमा नयाँ के हुने छन्?
क्युपर्टिनोमा आधारित कम्पनीले केही महिना अघि एम४ चिपसेटसहितको आफ्नो २०२५ म्याकबुक एयरको बिक्री सुरु गरेको थियो।

यसैबीच, यसको उत्तराधिकारीमा भने नयाँ र तीव्र एप्पल एम५ प्रोसेसरको साथ काम भइरहेको बताइएको छ। हाईयर–इण्ड म्याकबुक प्रोले सम्भवतः यस चिपको अधिक शक्तिशाली भेरियन्टहरू पाउने बताइएको छ जुन एप्पल एम५ प्रो र एम५ म्याक्स हुन सक्ने उल्लेख गरिएको छ। नयाँ प्रोसेसर बाहेक, ब्राण्डले म्याकबुक प्रोलाई यसको पूर्ववर्ती भन्दा हल्का र पातलो पनि बनाउन सक्ने सम्भावन रहेको थप उल्लेख गरिएको छ।

अहिलेको पुस्ताको म्याकबुक प्रोहरूमा रहेको मिनी एलईडी डिस्प्ले टेक्नोलोजीले सामान्य एलसीडी प्यानलहरूको तुलनामा उत्कृष्ट ब्राइटनेस लेभल (चमक स्तर) र डिपर ब्ल्याक्स प्रदान गर्दछ।

तर हालैका अफवाहहरूले भने म्याकबुक प्रोमा नयाँ ओएलईडी प्यानल रहेको कुरा औंल्याएका छन्। त्यसैले ट्रुअर ब्ल्याक्स, वाइड भिविङ्ग एङ्गल र उत्कृष्ट कन्ट्रास्टको पनि आशा गर्न सकिने बताइएको छ। यसले म्याकबुक प्रोमा स्क्रिनहरूलाई अझ बढी पावर इफिसियन्ट बनाउन मद्दत गर्ने गीज्मोचाइनाले रिपोर्ट गरेको छ।

वेबक्यामको लागि नयाँ पञ्च होल कटआउटको साथ ठूलो नोचलाई प्रतिस्थापन गर्दै अर्को पुस्ताको म्याकबुक प्रोको नोचले पनि अपडेट प्राप्त गर्दैछ भनि ओमडियाले रिपोर्ट गरेको छ। अर्थात्, नयाँ मोडेलहरूमा केही डायनामिक आइल्याण्ड जस्तो कार्यक्षमता देखिने सम्भावना रहेको उल्लेख गरिएको छ।

प्रकाशित: २६ श्रावण २०८२, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार