आर्टिफिसियल इन्टेलिजेन्स चेस प्रतियोगितामा ओपनएआईले ग्रोकलाई हरायो

Technology Khabar २६ श्रावण २०८२, सोमबार

काठमाडौं ।

च्याटजीपीटीको निर्माता ओपनएआईले आर्टिफिसियल इन्टेलिजेन्स चेस प्रतियोगिताको फाइनलमा इलन मस्कको ग्रोकलाई हराएर उत्कृष्ट एआई चेस खेलाडीको ताज हात पार्न सफल भएको छ।

टेलीग्राफका अनुसार ऐतिहासिक रूपमा, प्रविधि कम्पनीहरूले कम्प्युटरको प्रगति र क्षमताहरूको मूल्याङ्कन गर्न प्रायः चेस खेलको प्रयोग गरेका छन्। साथै आधुनिक चेस मेसिनहरू उत्कृष्ट मानव खेलाडीहरू विरुद्ध पनि लगभग अपराजित हुने गरेको छ।

यो प्रतियोगितामा चेसको लागि डिजाइन गरिएका कम्प्युटरहरू भने समावेश नगरिएको र त्यसको सट्टामा दैनिक प्रयोगको लागि डिजाइन गरिएका एआई प्रोग्रामहरू बीच प्रतिस्पर्धा भएको छ।

ओपनएआईको ओ३ मोडेल प्रतियोगितामा अपराजित रहँदै फाइनलमा एक्सएआईको ग्रोक ४ मोडेललाई पराजित गरेको छ। साथै यस एआई चेस प्रतियोगिताले दुई कम्पनीहरू बीचको चलिरहेको प्रतिशपर्धाको आगोमा इन्धन थप्ने काम गरेको छ।

ओपनएआईका सह–संस्थापक मस्क र साम अल्टम्यान दुवैले उनीहरूका पछिल्ला मोडेलहरू संसारकै सबैभन्दा स्मार्ट भएको दावी गर्दछन्।

गुगलको जेमिनी मोडेलले अर्को ओपनएआई मोडेललाई हराएर प्रतियोगितामा तेस्रो स्थान हासिल गरेको बीबीसीले रिपोर्ट गरेको छ।

धेरै जसो दैनिक कार्यहरूका लागि उपयुक्त मानिने गरिएका यी एआईहरूले चेसमा भने अझै पनि सुधार गर्ने क्रममा नै रहेका जनाइएको छ। साथै ग्रोकले खेलको क्रममा धेरै गल्तीहरू गरेको र बारम्बार रानीलाई गुमाएको छ।

“सेमिफाइनलसम्म, ग्रोक ४ लाई विजयको बाटोमा आउनबाट कसैले रोक्न सक्ने जस्तो नदेखिएको” चेस डट कमका लेखक पेड्रो पिनहाटाले बताए।

“कमजोरीका केही क्षणहरूको बावजुद, एक्सको एआई निस्सन्देह सबैभन्दा बलियो चेस खेलाडी जस्तो देखिन्थ्यो… तर प्रतियोगिताको अन्तिम दिनमा भ्रम टुट्यो” पिनहाटाले उल्लेख गरे।

ग्रोकको “अपरिचित” र “गलत” खेलले ओ३ लाई “विश्वसनीय विजयहरू” को सिरिज प्राप्त गर्न रोकेको उनले उल्लेख गरेका छन्।

“ग्रोकले खेलहरूमा धेरै गल्तीहरू गरेको र ओपनएआईले भने गल्तीहरू नगरेको” चेस ग्रान्डमास्टर हिकारु नाकामुराले फाइनलको प्रत्यक्ष प्रसारणको क्रममा भने।

एआई किन चेस खेल्दैछ?
एआईको चेस प्रतियोगिता गुगलको स्वामित्वमा रहेको कागल प्लेटफर्ममा भएको थियो जसले डाटा वैज्ञानिकहरूलाई प्रतिस्पर्धा मार्फत आफ्नो प्रणालीहरूको मूल्याङ्कन गर्न सघाउँछ।

तीन दिने कागल प्रतियोगितामा एन्थ्रोपिक, गुगल, ओपनएआई, एक्सएआईका साथै चिनियाँ विकासकर्ता डीपसीक र मुनशट एआई गरी आठ प्रमुख ल्याङ्गवेज (भाषा) मोडेलहरू एकअर्कासँग भिडेका थिए।

एआई विकासकर्ताहरूले रिजनिङ वा कोडिङ जस्ता क्षेत्रहरूमा आफ्ना मोडेलहरूको क्षमताहरूको जाँच गर्न प्रख्यात बेन्चमार्क परीक्षणहरू प्रयोग गरेका छन्।

जटिल, नियम–आधारित रणनीतिक खेलहरूको रूपमा चेस र गोलाई प्रायः दिइएको परिणाम कसरी प्राप्त गर्ने भनेर मोडेलको सिक्ने क्षमताको मूल्याङ्कन गर्न प्रयोग गरिने टेलीग्राफले रिपोर्ट गरेको छ।

प्रकाशित: २६ श्रावण २०८२, सोमबार

तपाइको प्रतिक्रिया