आईफोन १७ लन्चअघि भारतीय सामानहरूमा अतिरिक्त २५ प्रतिशत आयात शुल्क लागू गरिँदै, एप्पल जोखिममा

  • Technology Khabar | २५ श्रावण २०८२, आईतवार
आईफोन १७ लन्चअघि भारतीय सामानहरूमा अतिरिक्त २५ प्रतिशत आयात शुल्क लागू गरिँदै, एप्पल जोखिममा

काठमाडौं ।

ट्रम्प प्रशासनले भारतबाट हुने सबै आयातहरूमा नयाँ २५ प्रतिशत शुल्क लागू गर्दैछ र यो सँगै अब कुल शुल्क ५० प्रतिशतमा पुग्ने भएको छ। साथै यो हालसम्मका लागि कुनै पनि देशमाथिको उच्चतम शुल्क दर भएको बताइएको छ।

भारतको रूसी तेलको आयातमा आधारित नयाँ शुल्कको पछाडिको तर्क सहित पछिल्लो कार्यकारी आदेश अगस्ट २७ मा लागू हुनेछ।

क्युपर्टिनोले विगतका वर्षहरूमा आफ्नो सबै अमेरिकी आईफोनहरू देशमा एसेम्बल (भेला) गर्ने योजनाको साथ आफ्नो आईफोन उत्पादन भारतमा स्थानान्तरण गरिरहेको हुनाले यो कदम एप्पलको लागि ठूलो धक्का हुनेछ। त्यसैगरी एप्पलले सेप्टेम्बरको सुरुमा घोषणा हुनुभन्दा अगाडि नै अब आफ्नो आईफोन १७ सिरिजको ढुवानी सुरु गर्ने अपेक्षा गरिएको छ।

सबै आईफोनहरूको अनुमानित १४ प्रतिशत भारतमा बनाइने गरिन्छ र यो वर्षको अन्त्यसम्ममा यो संख्या २५ प्रतिशत पुग्ने अपेक्षा गरिएको छ। एप्पलले भारतलाई आफ्नो अग्रणी डिभाइस निर्माताको रूपमा स्थापित गर्न मेहनत गरिरहेको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

ट्रम्पले सबै विदेशी सेमिकण्डक्टर आयातमा सम्भावित १०० प्रतिशत भन्सार शुल्कको बारेमा पनि चेतावनी दिएका छन्। अमेरिकामा उत्पादन सुविधाहरूमा लगानी गर्ने कम्पनीहरूलाई भने करबाट छुट दिइने भएको छ।

स्मार्टफोन, ट्याब्लेट र ल्यापटप जस्ता सेमिकण्डक्टर डेरिभेटिभ उत्पादनहरूका निर्माताहरूले पनि अमेरिकामा उत्पादन सार्ने प्रतिबद्धता जनाएको खण्डमा वा गर्ने प्रक्रियामा रहेको अवस्थामा उनीहरूलाई पनि छुट दिइनेछ।

प्रकाशित: २५ श्रावण २०८२, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार