नाइमा नेपाल मोबिलिटी एक्स्पोको टिकट बेलुका ७ बजेसम्म किन्न पाईने र प्रदर्शनी ८ बजेसम्म अवलोकन गर्न सकिने

Technology Khabar २१ श्रावण २०८२, बुधबार

काठमाडौं ।

नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एशोसिएशन (नाइमा) द्वारा आयोजित ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ मा अटो प्रेमीहरुका लागि आयोजकले थप समयसम्म अवलोकनका खोलिने जानकारी दिएको छ।

आयोजकले दिएको जानकारीअनुसार, पहिलो दिननै १५,००० भन्दा बढि दर्शकको आगमन भएको छ जसले गर्दा बेलुकाको समय थप गरिएको हो।

अबदेखि प्रदर्शनी सम्पन्न हुने अवधिसम्म नाइमा नेपाल मोबिलिटी एक्स्पोको टिकट बेलुका ७ बजेसम्म र प्रर्दशनी बेलुका ८ बजेसम्म गर्न सकिने आयोजकले जनाएको छ।

आजदेखि शुरु भएको नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ मा ५० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डहरू सहभागी छन्।

‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ साउन २४ गतेसम्म सर्वसाधारणका लागि खुला हुने आयोजकले जनाएको छ।

प्रकाशित: २१ श्रावण २०८२, बुधबार

तपाइको प्रतिक्रिया