गोप्य जानकारी चुहावटको आशंकामा टीएसएमसीले शुरु गर्यो संलग्न कर्मचारीहरूविरुद्ध कानुनी प्रक्रिया

  • Technology Khabar | २० श्रावण २०८२, मंगलवार
गोप्य जानकारी चुहावटको आशंकामा टीएसएमसीले शुरु गर्यो संलग्न कर्मचारीहरूविरुद्ध कानुनी प्रक्रिया

काठमाडौं ।

विश्वकै मुख्य प्रविधिमा आधारित एआई चिप बनाउने कम्पनी टीएसएमसीले गोप्य जानकारी चुहावटको आशंकामा संलग्न कर्मचारीहरूविरुद्ध कानुनी प्रक्रिया सुरु गरेको र अनुशासनात्मक कारबाही गरेको छ।

ताइवान सेमिकन्डक्टर म्यानुफ्याक्चरिङ कम्पनी (टीएसएमसी) ले मंगलबार रोयटर्सलाई पठाएको इमेल वक्तव्यमा कम्पनीको “व्यापक र कडा निगरानी प्रणाली”ले अनधिकृत गतिविधिहरूको समयमै पहिचान गर्न सकेको र त्यसपछि छिटो आन्तरिक छानबिन गर्दै संलग्न व्यक्तिहरूविरुद्ध कडा कारबाही गरिएको बताएको छ।

यो मुद्दा अहिले न्यायिक समीक्षामा रहेकाले थप विवरण उपलब्ध गराउन सकिने अवस्था नरहेको कम्पनीको भनाई छ। निक्केई एसियाले यसअघि दिएको रिपोर्ट अनुसार यो चुहावट घटनामा केही पूर्वकर्मचारीहरू संलग्न रहेका छन्, जसले कम्पनीको २ न्यानोमिटर चिप प्रविधिबारे संवेदनशील जानकारी प्राप्त गर्ने प्रयास गरेका थिए।

पूर्वकर्मचारीहरूले ती जानकारी के गर्न खोजेका थिए वा तिनलाई बाह्य पक्षसँग बाँडिएको हो कि होइन भन्ने स्पष्ट भएको छैन। अनुसन्धान जारी रहेको र चुहावटको दायरा तथा यसमा अन्य पक्ष संलग्न थिए कि भन्नेबारे पत्ता लगाउने प्रयास भइरहेको रिपोर्टमा उल्लेख गरिएको रोयटर्सले उल्लेख गरेको छ।

कम्पनीको वेबसाइट अनुसार टीएसएमसी को २ न्यानोमिटर चिप प्रविधि हालको अर्धचालक उद्योगमा सबैभन्दा उन्नत प्रविधि मानिन्छ, जुन घनत्व र ऊर्जा दक्षता दुवैका हिसाबले उत्कृष्ट छ।

एआई चिप बनाउने कम्पनी एनभिडिया, आइफोन निर्माता एप्पल र क्वालकमजस्ता ग्राहकहरूलाई सेवा दिँदै आएको टीएसएमसीले व्यापार गोपनीयता उल्लंघनमा शून्य सहनशीलताको नीति अपनाएको र दोषीलाई कानुनी दायराभित्र कडा कारबाही गर्ने प्रतिबद्धता जनाएको छ।

टीएसएमसी ले हालै एनभिडियाबाट ३ लाख एच२० चिपसेटको ठेक्का प्राप्त गरेको छ।

प्रकाशित: २० श्रावण २०८२, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Huawei empowers Nepal’s green energy future with launch of FusionSolar9.0 Smart PV Solution

  • Technology Khabar
  • २० श्रावण २०८२, मंगलवार