चाइना मोबाइलले किन्यो हङकङको ब्रोडब्याण्ड सेवा प्रदायक एचकेबीएनको १४.४ प्रतिशत शेयर

  • Technology Khabar | १९ श्रावण २०८२, सोमबार
चाइना मोबाइलले किन्यो हङकङको ब्रोडब्याण्ड सेवा प्रदायक एचकेबीएनको १४.४ प्रतिशत शेयर

काठमाडौं ।

चाइना मोबाइलले सोमबार हङकङमा आधारित ब्रोडब्यान्ड सेवा प्रदायक एचकेबीएनको १४.४ प्रतिशत सेयर किनेको छ। यसका लागि उसले १० अर्ब ८० करोड हङकङ डलर (१३७.५८ मिलियन अमेरिकी डलर) खर्च गरेको हो।

रोयटर्सका अनुसार यो सम्झौतापछि चीन मोबाइलको हङकङका ठूला दूरसञ्चार सेवा प्रदायकमध्ये एकमा करिब ३० प्रतिशत हिस्सेदारी पुगेको छ। उसले यो कम्पनी किन्न चाहेको इच्छा झण्डै दुई वर्षअघि देखाएको थियो।

सम्झौता अन्तर्गत चीन मोबाइलको एक इकाइ ‘चाइना मोबाइल हङकङ’ ले ट्विन होल्डिङबाट प्रतिटुक्रा ५.०७५ हङकङ डलर मूल्यमा २१३.६ मिलियन सेयर खरिद गरेको हो।

ट्विन होल्डिङ एउटा लगानी होल्डिङ कम्पनी हो, जसको एचकेबीएनमा सम्झौता अघि करिब १५.४६ प्रतिशत हिस्सेदारी थियो। अब उसले एचकेबीएनमा १.०२ प्रतिशत हिस्सेदारी मात्र राखेको छ।

प्रकाशित: १९ श्रावण २०८२, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार