अब हजारभन्दा कम फलोअर भएका सार्वजनिक इन्स्टाग्राम एकाउन्टहरू लाइभ जान नपाउने

  • Technology Khabar | १९ श्रावण २०८२, सोमबार
अब हजारभन्दा कम फलोअर भएका सार्वजनिक इन्स्टाग्राम एकाउन्टहरू लाइभ जान नपाउने

काठमाडौं ।

इन्स्टाग्रामले अब १,००० भन्दा कम फलोअर भएका सार्वजनिक एकाउन्टहरूलाई लाइभ जान अनुमति नदिने भएको छ। पछिल्ला केही दिनयता प्रयोगकर्ताहरूले आफ्नो एकाउन्ट अब लाइभ प्रसारणका लागि योग्य नरहेको रिपोर्ट गर्दै आएका छन्।

प्रयोगकर्ताले लाइभ गर्न खोज्दा देखिने सूचनामा लेखिएको छ, “हामीले यो फिचर प्रयोग गर्नका लागि आवश्यक मापदण्डहरू परिवर्तन गरेका छौँ। अब १,००० वा सोभन्दा बढी फलोअर भएका सार्वजनिक अकाउन्टहरूले मात्र लाइभ भिडियो बनाउन सक्नेछन्।”

इन्ग्याजेटका अनुसार मेटाले यो नयाँ मापदण्ड पुष्टि गरेर जानकारी दिएको हो। लाइभ प्रसारण गर्ने क्रिएटरहरूलाई उत्कृष्ट अनुभव प्रदान गर्न र यो फिचरको समग्र प्रयोग सुधार गर्न यो नियम लागू गरिएको कम्पनीले बताएको छ। यद्यपि मेटाले किन एक हजारभन्दा कम फलोअर भएका प्रयोगकर्ताहरूले लाइभ गर्न नपाउँदा अनुभव राम्रो नहुने भन्ने कुरा भने स्पष्ट पारेको छैन।

मेटाले यो नयाँ मापदण्ड केवल सार्वजनिक नभई निजी एकाउन्टहरूमा पनि लागू हुने जनाएको छ। तर हालसालै मात्र यो नियम निजी एकाउन्टहरूमा विस्तार गरिएको छ, त्यसैले हाल देखिने सूचनामा सार्वजनिक एकाउन्टहरूमा मात्र यो लागू भएको उल्लेख गरिएको हुनसक्छ।

यसले सम्भवतः इन्स्टाग्रामले २०२४ मा सुरु गरेको ‘तीनजना नजिकका साथीहरू’ सँग मात्र लाइभ जान सकिने फिचरलाई पनि अन्त्य गर्न लागेको संकेत दिन्छ।

प्रकाशित: १९ श्रावण २०८२, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार