निन्टेन्डोले एक महिना भन्दा कम समयमा लगभग ६० लाख स्विच २ युनिटहरू बिक्री गर्यो

  • Technology Khabar | १८ श्रावण २०८२, आईतवार
निन्टेन्डोले एक महिना भन्दा कम समयमा लगभग ६० लाख स्विच २ युनिटहरू बिक्री गर्यो

काठमाडौं ।

स्विच २ निन्टेन्डोको लागि एकदमै सफल उत्पादन बनेको छ। पहिलो हप्तामा ३५ लाखभन्दा बढी युनिटहरू बिक्री भएपछि, निन्टेन्डोले अब जुनको अन्त्यसम्ममा ५८ लाख २० हजार युनिटहरू बिक्री गरेको घोषणा गरेको छ।

यो लगभग एक महिनाको उपलब्धता हुनुका साथै यो संख्या मूल स्विचले बजारमा पहिलो महिनामा व्यवस्थापन गरेको भन्दा पनि दोब्बर बढी भएको र २७ लाख युनिटहरू बित्री गरेको जनाइएको छ।

निन्टेन्डो स्विच २ को माग अझै पनि “धेरै देशहरूमा” आपूर्ति भन्दा बढी भएको बताएको छ। साथै कम्पनीले सबैतिर मागसँग मेल खाने उत्पादन बढाउने वाचा गरेको छ। स्विच २ अहिलेसम्मकै सबैभन्दा छिटो बिक्री हुने गेम कन्सोल बनेको जीएसएमएरिनाले उल्लेख गरेको छ।

स्विच २ को सफलताले दोस्रो त्रैमासिक (अप्रिल देखि जुन महिना) मा निन्टेन्डोको त्रैमासिक आम्दानीमा १३२ प्रतिशत वृद्धि भएको छ जुन अब सन् २०२४ को दोस्रो त्रैमासिक (लगभग १.६ बिलियन अमेरिकी डलर) को तुलनामा ३.८ बिलियन अमेरिकी डलर पुगेको छ। त्यसैगरी कम्पनीले अर्को वर्षको मार्च महिनाको अन्त्यसम्ममा १ करोड ५० लाख स्विच २ युनिट बिक्री हुने अनुमान गरेको छ।

स्विच २ भियतनाम उत्पादन गरिन्छ (पहिले १० प्रतिशत बाट बढेको) र ट्रम्प प्रशासनले भर्खरै भियतनामबाट आयातमा २० प्रतिशत भन्सार शुल्क घोषणा गरेको हुनाले अमेरिकी भन्सार शुल्कले यसलाई असर गर्छ वा गर्दैन भनेर हेर्नको लागि पर्खनु पर्नेछ।

प्रकाशित: १८ श्रावण २०८२, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...