गुगल क्रोमले अनलाइन स्टोरहरूको आर्टिफिशियल इन्टेलिजेन्स रेटिङस् प्रदर्शन गर्ने

Technology Khabar १५ श्रावण २०८२, बिहीबार

काठमाडौं ।

गुगल क्रोमले अनलाइन स्टोरहरूको आर्टिफिशियल इन्टेलिजेन्स रेटिङस् प्रदर्शन गर्ने भएको छ। कृत्रिम बुद्धिमत्ता प्रविधिद्वारा समर्थित यो फङ्गसनले किनमेललाई “सुरक्षित र अधिक इफिसियण्ट” बनाउन अनलाइन स्टोरहरूको लागि कमेन्टहरू (रिभ्यूज) प्रदर्शन गर्न सक्षम बनाउने छ।
यो फङ्गसन ब्राउजरमा पेज एड्रेस (ठेगाना) को बायाँतिर रहेको आइकनमा क्लिक गरेर उपलब्ध हुनेछ।

क्लिक गरेपछि पप–अप विन्डोले स्टोरको समग्र प्रतिष्ठाको बारेमा जानकारी प्रदान गर्नुका साथै उत्पादनको गुणस्तर, मूल्य, ग्राहक सेवा र फिर्ता नीतिको बारेमा डाटा प्रदान गर्दछ।

यी पप–अपहरू एआईद्वारा विभिन्न साझेदारहरू जस्तै रेप्युटेशन डट कम, रिसेलर रेटिङ्ग, स्क्याम एडङ्गाइजर, ट्रस्टपायलट र अन्य धेरै साझेदारहरूबाट प्रयोगकर्ता समीक्षाहरूको विश्लेषण गरेर सिर्जना गरिन्छ।

हाल, अमेरिकाका खरीददारहरूका लागि मात्र उपलब्ध यो सुविधामा अंग्रेजी भाषा मात्र समर्थित रहेको टेलिग्राफले रपोर्ट गरेको छ।

साथै, यो हाल डेस्कटप ब्राउजरहरूमा मात्र सीमित रहेको छ। यो सुविधा मोबाइल डिभाइसहरूमा उपलब्ध हुनेछ कि छैन भन्ने बारेमा भने अझै पनि कुनै पुष्टि भएको छैन।

नयाँ सुविधाले गुगललाई अमेजनसँग प्रतिस्पर्धा गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ। अमेजनले पहिले नै प्रोडक्ट रिभ्यू (उत्पादन समीक्षा) र यस्तै चीजहरू एकत्रित गर्न कृत्रिम बुद्धिमत्ता प्रयोग गर्दै आएको छ। साथै यो गुगलले किनमेल अनुभवमा एआई एकीकृत गर्न चालेको पछिल्लो कदम हो।

हालै, गुगलले कपडा र कस्मेटिकहरूमा भर्चुअल रूपमा प्रयास गर्न मिल्ने क्षमता प्रस्तुत गरेको छ भने पर्सनलाइज्ड प्रोडक्ट रिकमेन्डेसन (व्यक्तिगत उत्पादन सिफारिसहरू) प्रदान गर्न टुलहरू विकास गरिरहेको छ। यस बाहेक कम्पनीले सुधारिएको मूल्य ट्र्याकिङ पनि विकास गरिरहेको उल्लेख छ।

प्रकाशित: १५ श्रावण २०८२, बिहीबार

तपाइको प्रतिक्रिया