आईफोन १७ प्रोको रङ हरू देखाउने नयाँ भिडियो सार्वजनिक

  • Technology Khabar | १५ श्रावण २०८२, बिहीबार
आईफोन १७ प्रोको रङ हरू देखाउने नयाँ भिडियो सार्वजनिक

काठमाडौं ।

आईफोन १७ प्रो पहिलो पटक सार्वजनिक स्थानमा देखिएपछि अब अर्को स्रोतबाट आगामी स्मार्टफोनलाई विभिन्न रङ विकल्पहरूमा देखाउने छोटो भिडियो आएको छ।

यी आईफोन १७ प्रोका वास्तविक एकाइहरू नभइ डमी एकाइहरू हुन्। तर डमी एकाइहरू भए पनि सबै उद्देश्यका साथ डिजाइन भने वास्तविक एकाइहरूको जस्तै समान हुनुपर्नेछ र यी डमीहरूमा केवल भित्री भाग मात्र हुने छैनन्।

आईफोन १७ प्रो आगामी सेप्टेम्बर महिनामा आईफोन १७ परिवारको बाँकी अन्य मोडलहरुसँगै अनावरण गरिनेछ। साथै डिभाइसहरु सेप्टेम्बर ८ तारिखमा सुरु हुने हप्तामा अनावरण गरिने सम्भावना रहेको उल्लेख गरिएको छ। विगतको अफवाह अनुसार अनावरण गरिने सही मिति ८, ९ वा १० तारिख हुन सक्ने बताइएको छ।

आईफोन १७ प्रोको पछाडि ठूलो रिडिजाइन देख्न सकिन्छ जसमा ठूलो क्यामरा आइल्याण्डले डिभाइसको लगभग सम्पूर्ण चौडाइ ढाक्नेछ जुन लगभग दुई वर्ष पहिलेको पोको–शैली जस्तै हुनेछ। क्यामराहरू भने अझै पहिले जस्तै ठ्याक्कै उही ठाउँमा हुने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

भिडियोमा आईफोन १७ प्रोको ह्वाइट, ग्रे, ब्ल्याक, डार्क ब्लू र अरेन्ज जस्ता विभिन्न रङ विकल्पहरूमा  देखाइको छ।

प्रकाशित: १५ श्रावण २०८२, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार