एप्पल आईफोन १७ प्रो देखा पर्यो

  • Technology Khabar | १४ श्रावण २०८२, बुधबार
एप्पल आईफोन १७ प्रो देखा पर्यो

काठमाडौं ।

क्युपर्टिनोको लीकहरुका विरुद्ध कडा नीति भएकोले रिलिज नभएका आईफोनहरू देख्न पाउने सम्भावना निकै कम हुने गरेको छ। तर कम्पनीको आईफोन १७ प्रो परीक्षण डिभाइसको पहिलो प्रत्यक्ष झलक बाहिरिएको छ। एक्स प्रयोगकर्ता स्काई फोप्स २क्पथायउक ले युनियन स्क्वायर, सान फ्रान्सिस्कोमा खिचिएका दुई तस्बिरहरू साझा गरेका छन् जसमा दुईवटा आईफोन बोकेका एक व्यक्ति देख्न सकिने छ।

सम्भवतः आईफोन १६ प्रो हुन सक्ने केसलेस मोडेलमा डाटा म्याट्रिक्स कोड स्टिकर देखिएको छ। यो एप्पलले कर्मचारीको लागि विशेष रुपमा उत्पादन गरेको डिभाइसको सामान्य संकेत भएको जीएसएमएरिनाले उल्लेख गरेको छ।

त्यसैगरी दोस्रो डिभाइस भने आगामी आईफोन १७ प्रो जस्तो देखिएको बताइएको छ। डिभाइसको डिजाइन लुकाउनको लागि बाक्लो कालो प्रोटेक्टिभ केस लगाइएको उल्लेख गरिएको छ। डिभाइसको माथिल्लो कुनामा रिपोजिसन गरिएको एलईडी र लिडीएआर स्क्यानर रहेको ठम्याउन सकिने छ जुन डिभाइसको पछाडिको सम्पूर्ण चौडाइ ओगटेको पुनः डिजाइन गरिएको क्यामरा आइल्याण्डको अफवाहहरूसँग मेल खान्छ

नयाँ लीकले पहिले साझा गरिएका रेन्डरहरूसँग मेल खान्छ।

विश्वसनीयताको कुरा गर्ने हो भने, ब्लूमबर्गका मार्क गुरम्यानले यो आईफोन १७ प्रोको वैध तस्बिर हो भन्ने विश्वास व्यक्त गरेका छन्।

त्यसैगरी दुई फोनको दोस्रो तस्बिर पनि प्राप्त भएको उल्लेख गरिएको छ जसले आईफोन १७ प्रोमा प्रोटेक्टिभ केस कति बाक्लो छ भनेर देखाउँछ।

आगामी डिभाइसको बारेमा अन्य कुनै अतिरिक्त जानकारी प्राप्त नगरे पनि सेप्टेम्बरको सुरुमा अपेक्षित यस डिभाइसको लन्च अघि आईफोन १७ प्रोको यो उत्कृष्ट दृश्य भएको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

प्रकाशित: १४ श्रावण २०८२, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार